गणतन्त्र कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी परराष्ट्रमन्त्री हिलारीले आजै 26 तारिखका दिन सोलमा दक्षिण कोरियाली विदेशमन्त्री यु मिङ्ग ह्वानसँग भेट-वार्ता गर्नुभएको छ। यस अवसरमा हिलारीले दक्षिण कोरियाद्वारा “थ्यान आन नम्बर” नाउँको समस्याको समाधान गरिएको कुराप्रति अमेरिकाले समर्थन गरेको कुरा व्यक्त गर्नुभयो
उक्त वार्ता समाप्त भएपछि अमेरिकी परराष्ट्रमन्त्री हिलारीले पत्रकार सम्मेलनमा बोल्दै अमेरिका पक्षले दक्षिण कोरियाबाट “थ्यान आन नम्बर” नाउँको समस्याबारे चालिएको प्रक्रियाको उच्च मूल्याङ्कन गरेको कुरा बताउनुभएको छ।
श्रीमती हिलारीले सोही दिन दक्षिण कोरियाली राष्ट्रपति लि मिङ्ग बाकसँग पनि भेट-घाट गर्नुभएको छ।