ठूलो परिमाणमा आर्थिक सुधार आवश्यक रहेको युरोपेली संघद्बारा सदस्य मुलुकलाई चेतावनी

युरोपेली संघ अन्तर्गत अर्थ तथा मुद्रा मामिलाको जिम्मा लिने पदाधिकारी ओल्लि रेहनले हिजो 25 तारिखमा बोल्दै युरोपेली संघका सदस्य मुलुकले अर्थको बृद्धिलाई प्रवर्द्धन गर्न ठूलो परिमाणमा सुधार गर्नु पर्ने र नभएमा युरोपेली संघको समस्त अर्थ ह्रास हुनसक्ने सम्भावना रहेको चेतावनी दिनुभएको छ।

           हिजो आयोजित ब्रसेल्स अर्थ मञ्चमा बोल्दै श्री ओल्लि रेहनले युरोपेली संघका सदस्य मुलुकले बजारलाई अझ बढी खुला पारेर विदेशी व्यवसायको पूँजीलाई सिमित र शिथिल पार्नुपर्ने कुरा पुनःपुष्टी गर्नुभएको छ। साथै उहाँले विभिन्न मुलुकका ट्रेड युनियनका प्रतिनिधिले आफ्नो सरकारले श्रम बजारमा चालेको सुधारलाई समर्थन दिन आव्हान गर्नुभएको छ।