उत्तर र दक्षिण कोरियाबीच आदान-प्रदान र सहयोगसम्बन्धी सैनिक संरक्षण कदम हटाउने: उत्तर कोरियाली सेना


 

योनहाप न्यूज एजेन्सीले आज कोरियाली केन्द्रीय न्यूज एजेन्सीको समाचारलाई उद्धृत गरेअनुसार, उत्तर कोरियाली पिपुल्स आर्मीका चिफ अफ स्टाफले आज बोल्दै उत्तर कोरियाले दुई देशबीच आदान-प्रदान र सहयोगसम्बन्धी सैनिक संरक्षण कदमलाई पूर्ण रुपमा हटाउने कुरा व्यक्त गर्नुभयो।

 

त्यसबाहेक पूर्वी तथा पश्चिमी समुद्री सैन्य सञ्चार जहमार्ग र माएसोँग औद्योगिक क्षेत्रतिरको बाटोसमेत बन्द गर्ने पनि उहाँले बताउनुभयो। उत्तर कोरियाले पश्चिमी समुद्री क्षेत्रको सीमामा हुने कुनै पनि आक्रमणको तुरुन्तै प्रत्याक्रमण हुने साथै दक्षिण कोरियाली जहाज तथा विमान आफ्नो समुद्र, भूमि र आकाशद्वारा जान नदिने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।