भारतीय प्रहरीद्बारा रेल लीगबाट उछिट्टिएर भएको दुर्घटना भारतीय माओवादीद्बारा गरिएको निश्चित (भिडियो सहित)


 

भारतीय पश्चिमी बंगाल राज्यको प्रहरी व्यूरोका प्रमुख भूपिन्दर सिंहले आज दिउँसो कोलकातामा पत्रकारसँग कुराकानी गर्दै प्रहारीले आजै बिहान सबेरै उक्त प्रदेशमा रेल लीगबाट उछिट्टिएर भएको दुर्घटना भारतीय माओवादीद्बारा गरिएको पुष्टि भएको कुरा बताउनुभयो।

 

भारतीय राष्ट्रपति प्रतिभा पाटिल र प्रधानमन्त्री मनमोहन सिंहले आजै उक्त दुर्घटनाका मृतकका नाता कुटुम्बलाई समवेदना व्यक्त गर्नुभयो। 

 

आज 28 तारिख विहान सबेरै भारतको पश्चिम बंगाल राज्यमा एउटा रेल लीगबाट उछिट्टिएर भएको दुर्घटनामा परी कम्तिमा 65 जनाको मृत्यु हुनुका साथै दुई सय जना घाइते भएका छन्।

  भारतीय रेलमन्त्री श्री ममता बेनर्जीका अनुसार, यो दुर्घटनाको कारण बम आक्रमण हुनसक्ने छ।

स्थानीय प्रहरीका अनुसार, उक्त दुर्घटनामा अहिलेसम्म कम्तिमा 65 जनाको मृत्यु हुनुका साथै दुई सयभन्दा बढी घाईते भएका छन्। गम्भीर घाईते भएको कारणले मृत्यु हुनेको संख्या बढ्न सक्ने देखिन्छ।

            प्रहरीले उक्त दुर्घटना भारतीय माववादीद्बारा गरिएको कुरा प्रमाण गरेको छ।