पाकिस्तानको स्थानीय टेलिभिजन स्टेशनका अनुसार पाकिस्तानको पूर्वी शहर लाहोरमा आज 28 तारिखका दिन गोली हानी आक्रमण गराइएपछि गारही शाहु तथा मोडेल टाउन क्षेत्रमा बम विस्फोट भएको छ। हालसम्म यस आक्रममा परी कम्तीमा 25 जना मानिस मृत्यु हुनुका साथै 40 जना घाइते भएका छन।
तालिवानले उक्त आक्रमणको घटनाको जिम्मा लिएको छ। हाल प्रहरी पक्षले उक्त स्थान कब्जामा लिएको र आतंकवादी तत्वसँग भिडन्त भइरहेको खबर छ।