थाइल्याण्डका प्रधानमन्त्री अब्हिसिट भेचाचिभाले आज बोल्दै राजधानी बैंकक र अन्य केही क्षेत्रमा कार्यान्वयन गरिएको रात्री कर्फ्यूलाई पछि नलम्याउने सरकारी निर्णय घोषणा गर्नुभएको छ। तर रात्री कर्फ्यू रद्द गरिएपछि यी क्षेत्रहरुमा अझ पनि जरुरी कानुन लागु हुने कुरा पनि उहाँले बताउनुभएको छ।
आज थाइल्याण्डका लागि विदेशी राजदूतसँग आयोजना गरेको सम्मेलनअघि श्री अब्हिसिटले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार सुरक्षा विभागले परिस्थितिको नियन्त्रण गर्न सक्ने विश्वास लिएको अवस्थामा सरकारले उक्त निर्णय गरेको हो।
गत पच्चीस तारिखका दिन थाइल्याण्डको गृह मन्त्रालयले पूर्व योजनानुसार पच्चीस तारिखसम्म अन्त्य हुने रात्री कर्फ्यूलाई चार रातसम्म पछि लम्याएर आज बिहान सबेरै चार बजेसम्ममा अन्त्य गर्न अनुमोदन गरेको थियो।