-कृष्ण प्रसाद पाण्डे
वाङ्ला,८ सानी पोखरी अर्घाखाँची
(हाल यु० ए० ई० अबु धाबी बाट)
बर्षौ पछी भेट हुँदा नी बोल्न मैले सकिन
मनका कुरा मनमै रहे तिमी सामु खोल्न सकिन ,
धेरै कुरा भन्छु भन्थे एउटा कुरा भन्न सकिन
तिमी कतै रिसाउछ्यौ की लाग्यो एउटा कुरा सोध्न सकिन ,
लागेको थियो मायाँको तिर्खा देखे तिमीलाई मेटियो प्यास
आखाँको इसाराले गरिरहे कुरा बुझिनौ तिमीले मर्यो आस,
चाहना थियो तिमीलाई देख्ने देखे पछी पलाएथ्यो आस
ठिकै छ तिमीले गरिनौ वास्ता फेर्नेछु अब अन्तिम स्वास ,