रुपन्देहीको बिष्णुपुरामा एकिकृत नेकपा माओबादीका नेताको हत्या,माओबादीले बुटवलमा शव यात्रा र बिष्णुपुरामा

गणेश चुदाली अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि


रुपन्देहीको बिष्णुपुरा गाबिसमा अज्ञात समुहको गोली प्रहारबाट माओबादी राज्य समिती स्तरीय एक नेताको हत्या भएको छ ।


बिष्णुपुरा बिष्णुपुरा ७ ठाकुरपुरमा गएराति नचिनेका व्याक्तिको समुहले चलाएको गोलीबाट सोही स्थानका माओबादी अबध मधेश राज्य समितीका सदस्य ३५ बर्षिय सपाचु यादबको मृत्यु भएको हो । 

 
गएराति करिब ८ बजेको समयमा रुपन्देहीका सालझण्डीबाट घरतर्फ मोटरसाईकलमा आउदै गर्दा यादव माथि गोली चलाई्रको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

 
शरिरका बिभिन्न भागमा ३ वटा गोली लागेका यादवको घटना स्थलमै मृत्यु भएको रुपन्देहीकाप्रहरी उपरिक्षक छबिलाल बाजाडे जोशीले जानकारी दिनु भयो । 

 

एकिकृत नेकपा माओबादीले घटनाको बिरोधमा आज बुटवलका शव यात्रा निकाल्ने र त्यसपछि आजै बिष्णुपुरामा सद्धााजलि सभागर्ने एमाओबादीका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले जानकारी दिनु भयो । घटनाको जनतान्त्रीक तराई मुक्क्ति मोर्चाका जिल्ला नेता भवानी िसंहले जिम्मा लिएका छन् । प्रहरीले भने अपराधिक समुहको तिब्र रुपमा खोजी कार्य गरेको बताएको छ ।