पाकिस्तानको एउटा अस्पतालमाथि आक्रमण

पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोर शहरमा एउटा अस्पताल हिजो राती सशस्त्र तत्वद्बारा आक्रमणमा परेको हाम्रा सम्बाददाताले जनाएका छन्। यसमा परी कम्तिमा बाह्र जनाको मृत्यु भएको समाचार छ।

      उक्त अस्पतालका जिम्मेवार व्यक्तिले जनाएअनुसार, चारजना सशस्त्र व्यक्तिले अस्पतालभित्र पसी गएर गोली हानेका थिए र तीन, चार जना सुरक्षाकर्मी र कर्मचारीलगायतका बाह्र जनाको मृत्यु भएको थियो।

      यसअघि सशस्त्र तत्वले यसै महिनाको अट्ठइस तारिखमा लाहोर शहरमा पर्ने दुईवटा पुजा-आजा गर्ने स्थलमा पनि प्रहार गरेका थिए। यसमा परी असी जनाको मृत्यु भएको थियो भने अरु सयभन्दा बढि मानिस घाइते भएका थिए।