इजरायली सैनिक जहाजले हिजो गाजाको समुद्रतटवर्ती क्षेत्रमा प्रवेश गर्न खोजेको अन्तर्राष्ट्रिय मानवतावादी उद्धार जहाजलाई लक्षित गरी गोलि हानेको छ। यसको अन्तर्राष्ट्रिय समाजले कडा रुपमा निन्दा गरेको छ। सँयुक्त राष्ट्र संघको सुरक्षा परिषदले हिजो दिउँसो एउटा जरुरी बैठक बोलाएर उक्त काण्डबारे छलफल गरेको छ।
यसै बीच सँयुक्त राष्ट्र संघको महासचिव बान कि मुनले एक वक्तव्य प्रकाशित गरी इजरायली सेनाको उक्त कारवाहीको निन्दा गर्नुका साथै यसबारे पूर्ण रुपमा छानबिन गर्न आव्हान गर्नुभएको छ।
अरब लिगले पनि एउटा वक्तव्य प्रकाशित गरी इजरायली सेनाको उक्त कारवाहीलाई आतंकवाद कारवाही रहेको कुरा दाबी गरेको छ।
यसबारे चर्चा गर्दै सँयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मण्डलका काउन्सलर याङ थाउले सो काण्डबारे राष्ट्र संघीय सुरक्षा परिषदले तुरुन्तै कारवाही चलाउन चीनले समर्थन गरेको बताउनुभएको छ।