फेरी तिम्रो याद आयो

– कृष्ण प्रसाद पाण्डे
वाङ्ला -८ सानी पोखरी अर्घाखाँची
(हाल -यु० ए० इ० )

 

फूलबारिका फूलहरु न चुडिदिए हुन्थ्यो
बीच बाटोमा भेट हुँदा बोलिदिए हुन्थ्यो ,

आजकाल टाढा भयौ आँखा बाट आँशु आँउछ
जति बिर्सु भनेपनी याद तिम्रो आँउछ ,


तिमीले दिएका बाचाहरु बाचामानै सिमित भयो
संगै बाँच्ने सपना नी सपनामै सिमित रह्यो ,


छोडि गयौ मलाई सम्झिएर भिकारी झै
फर्की आँउछु अवस्य नै बन्दुक बोकि शिकारी झै ,


प्रदेश मै भए पनि सत्य मैले छोड्या छैन
तिमीले मायाँ मारे पनि मैले मायाँ मारया छैन ।