हिरालाल श्रेष्ठ/स्वीट्जरल्याण्ड
करिब एक महिना अगाडि अध्ययनको सिलसिलामा स्वीट्जरल्याण्ड आएका होटल म्यानेजमेन्टका विद्यार्थी विपिनको २४ मे सोमबारको दिन बेटिंगेन भई बग्ने लिमाट नदीमा पौडीखेल्न जाँदा नदीले बगाउदा मृत्यु भएको छ।
१९९१ मा जन्मिनुभएको दाङ निवासी स्व. केसी बेटिंगेनस्थित CityUniversity of Seattle का विद्यार्थी थिए। स्व. केसीको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि स्वीस प्रहरीले राजधानी बेर्नतर्फ लिएर गएको र CityUniversity of Seattle मा अध्ययनरत २५ जना विद्यार्थीहरुले स्व. केसीको शव नेपाल पठाउन यूनिभर्सिटिलाई दबाब दिईरहेको उक्त कलेजमा अध्ययनरत विद्यार्थी विशाल महर्जनले जानकारी दिनु भएको छ।
नेपालबाट अध्ययनको सिलसिलामा स्वीट्जरल्याण्ड आउने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दो छ।
स्मरणरहोस स्वीटजरल्याण्डको जुनसुकै ठाउँको नदी-नालामा पौडीखेल्न अनुमति छैन। उक्त अनुमति नभएको ठाउँमा पौडी खेलेको स्वीस प्रहरीले देखेमा वा भेटेमा तुरुन्त जरिवाना गराउँदछ।