दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा हिजो राती पश्चिमी भारतको वाणिज्य केन्द्र मुम्बाइ पुग्नुभएको खबर छ। यसरी उहाँको तीनदिने भारतीय औपचारिक भ्रमण सुरु भएको छ।
श्री जुमाले दक्षिण अफ्रिकी राष्ट्रपतिको पद सम्हालेपछि गर्नुभएको भारतको भ्रमण यो पहिलो हो।
कार्यक्रमअनुसार, भ्रमणका अवसरमा राष्ट्रपति जुमाले भारतका प्रधानमन्त्री तथा राष्ट्रपतिसित भेटवार्ता गर्नुहुनेछ।
भारत सरकारका प्रवक्ता विष्णु प्रकाशले दिनुभएको जानकारीअनुसार, राष्ट्रपति जुमाले भारतसितको व्यापार तथा लगानीलाई प्रबर्द्धन गर्ने साथै आर्थिक सहयोगात्मक विषयबारे पनि छलफल गर्नुहुनेछ।