गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ
अर्घाखाँची को ढाकावाङ्ग गाबिसमा ढिकी र जातोमा भन्दा नजिकैको सुविधा सम्पन मिल सजिलो हुन थालेको छ । बिहान मजुदुरी गरी बेलुका छाक टार्ने घरको ढिकी जातो भन्दा नजिकैको मिलमा अन्नपात कुटाउन पिसाउन सजिलो हुन्छ भन्छन स्थानीय बासी ।
केही वर्ष अगी ग्रामिण ईलाका समुदायमा व्यापक रुपमा प्रयोग गदै आएका ढिकी र जातो चलाउने काम लगभग अव गाउँमा छोडी सकेका छन् । कुटानी पिसानीका लागी प्रयोग हुने ढिकी जाताको प्रयोग छोडेपछि ढिकी र जातो लोभ हुने अवस्थामा पुगेको हो ।
जिल्लाका सबै जसो गाउँहरुमा तेल र विद्युतिय मिल संाचालन आएपछि गाउँका स्थानीय वासिन्दाले ढिकी र जातो विस्रदै गएका हुन् । ३ वर्ष अगी सम्म गाउँमा ढिकी र जातो प्रयोग गर्थे तर प्रविर्धीको विकास सगंसगै प्रयोगगर्नेको सख्या घट्दै गएको बताउछन । पहिला पहिला मिर्मीरको बिहानी संगै ढिकीर जातो कुट्ने परम्परा ग्रामिण ईलाकामा रहेको थियो । हाल भने यो क्रम ह्वातै घटेर मिलको प्रयोग ले गर्दा बायु प्रदुशण तथा वातवरमा समेत प्रतिकुल असर पर्ने गरेको छ ।