पर्वतमा पहिलो पटक खुल्ला विद्यालय सचालनमा

गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ  

 

बीचमा नै पढाई छाडेका र बिद्यालय गएर नियमित रुपमा  अध्ययन गर्न नसक्नेहरुको सुबिधाका लागि पर्वत जिल्लामा पहिलो पटक खुल्ला बिद्यालय सचालनमा आएको  छ ।

 

सदरमुकाम कुस्माबजारस्थित शिवालय नमुना उच्चमाविले खुल्ला विद्यालय शुरु गरेको हो । विद्यालयले यो वर्षदेखि भर्ना शुरु गरेर पठनपाठन समेत शुरु गरेको प्राचार्य डाक्टर चुडामणी शर्माले जानकारी दिनुभयो । विद्यालयमा आठ कक्षाको पढाई सकेर छाडेका र १५ बर्षभन्दा माथि उमेरका बिद्यार्थीलाई भर्ना गरिने छ । बिद्यालयमा स्वअध्ययन र ३५ दिन नियमित रुपमा एक बर्ष सम्म पढाई पुरा एसएसली परिक्षामा सहभागी हुन पाउने छन । यस बर्ष ५० जना सहभागी हुन पाउने भएका छन ।

 

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार टेष्ट नदिई आन्तरिक मुल्यांकनपछि टेष्ट परीक्षा सरहको मान्यता दिइने र स्वअध्ययन सामाग्रीबाहेक सबै निशुल्क रहेको छ । पर्वतमा विद्यालय उमेर समुहका ९७ प्रतिशत बालबालिका बिद्यालय गएपछि एसएलसी परिक्षा उतीर्ण गर्ने संख्या भने २२ प्रतिशत मात्रै रहेको छ । बिद्यालयले आर्थिक अबस्था कम्जोर भएका बिद्यार्थीलाई निशुल्क पठनपाठनको अबसर दिने योजना पनि बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले बताउनुभयो ।