लमजुङको कोल्की बाकोटमा कुरिलो खेती

गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ  

 

पूर्वी लमजुङको कोल्की गाविस वडा नम्बर ५ बाकोटका स्थानीयवासिन्दाले कुरिलो खेती थालेका छन् । बाकोट आमा समूह र बाघ भैरवी तमू यूवा क्लबको सकि्रयतामा स्थानीयवासिन्दाले गाउँकै पाखोवारीमा सामूहिक रुपमा कुरिलो खेती गरेका हुन् ।

 

महिला आपासी सहयोग केन्द्र लमजुङको १५ हजार रुपैँया सहयोगमा स्थानीयवासिन्दाले ५० हजार श्रमदान गरेर कुरिलो खेती गरेका छन् । प्राङ्गारिक मलमात्रै प्रयोग गरेर खेती गरिएको कुरिलोले एक वर्षपछि उत्पादन दिने छ । कुरिलो औषधी र तरकारीको रुपमा प्रयोग हुन्छ ।