गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ
एक बर्षअघिसम्म गाउमा चर्पी नहुदा दिशापिसावका लागि नजिकको झाडी वनजङ्गल र सडक बाटो प्रयोग गर्ने बाके वनकटुवा ९ का गहरटीका थारु समुदाय अहिले भने घरघरमा चर्पी निर्माण गरेका छन् । चर्पी नहुदा रातमा दिशा गनुपर्ने विरामी पर्दा जङ्गलमा दौड्नुपर्नै तथा बालबालिकालाई झनै समस्या परेको थियो । अहिले आएर घरघरमा चर्पी निर्माण भएपछि त्यहाँका १ सय ७२ घरधुरीका करिव ६ सय स्थानियबासी लाभान्वित भएका छन् । चर्पीको महत्व र फाईदा बुझदै गएपछि वनकटुवा ९ गहरटीमा थारु समुदाय चर्पी निर्माणमा जुटेका हु्न् । स्थानीय थारु समुदायमा अहिले पहुच र पैसा हुनेले पक्की इट्टा र टिनपाताको चर्पी निर्माण गरेका छन्॥ न्युन आर्थिक स्तरका थारु समुदायले कच्ची माटो र खरको चर्पी निर्माण गरेका छन् ।