– वीरेन्द्र केसी
घोचेखोला, अर्घाखाँची- २२ वर्षको उमेरमा धेरै पैसा कमाईने लोभले भारत भौतारिए । साहुको अडरमा चल्न सकेनन । त्यसपछि फर्किएर सरकारी जागिर खाए । चार वर्ष त्यतै भुले । उन्नती नभएपछि तरकारी खेती गर्ने सोच बनाए । १५ वर्ष अघि तरकारी खेती गर्न शुरु गरे ।
तीन रोपनी खेतबाट शुरु गरेको तरकारी खेती फस्टाउदै गयो । किमडाँडा घोचेखोलाका कृषक गणेश बन्जाडे हौसिए । तरकारी खेती गर्न पैसा थि्रएन । गाउँमा श्रुण काढेर खेतीलाई विस्तार गर्दै लगे । अन्न खेती गर्ने खेतबारी मास्यो भनेर गाउँका धेरैले गाली गरे । तर उनले कसैको कुरा सुनेनन । जिल्लामा पनि व्यावसायिक तर्कारी खेती गर्ने कृषक कोही थिएनन । शुरुवात पनि उनले नै गरेका हुन ।
तरकारी खेती गर्दै जाँदा रातमा पनि काम गरे । जति दुख गर्छु त्यती आम्दानी हुदै गयो उनले भने पछि सबैले राम्रो गर् यो भनेर प्रसंसा गर्न थाले । थप हौसाला मिल्यो । मेरो देखासिकी गरेर अरुले पनि तरकारी खेती गर्न थाले उनले भने अहिले यो गाउँ नै तरकारी उत्पादन केन्द्र भनेर चिनिन थालेको छ । तरकारी खेतीबाट ४ लाख जाति श्रुणबाट चार वर्षमै उम्किए । विस्तारै उनले आपनो १५ रोपनी खेत र भिराला बारीमा तरकारी खेती गरे । अहिले सबै जग्गामा व्यावसायिक तरकारी खेती गरेको छु उनले भने वार्षिक पाँच लाख भन्दा बढी आम्दानी भैरहेको छ । खेतबारीमा आलु गोपी भाण्टा साग लगायतका दर्जनौ किसिमका तरकारी बाह्रै महिना बेमौसमी तरकारी बारीमा उत्पादन भैरहेकै छन । आफै उत्पादन गरेका तरकारी सन्धिखर्क बजारमा डुलाएर बेच्ने गर्छन ।
अहिले हाटबजार भएपछि धेरै सजिलो भएको छ । वर्ष भरी अन्न खेती गरेर छ महिनालाई पनि मुस्किलले खान नपुगेर परिवार पाल्न गाउँले भारतमा नोकरी गर्न जान्थ्ये तर अहिले त्यसो छैन । उनको सहयात्रामा गाउँका ४० जना भन्दा बढी परिवारले व्यावसायिक तरकारी खेती गरेका छन । गाउँबाट विदेश जान छाडेका छन सबै युवा तरकारी खेतीमै व्यस्त छन । अहिले गाउँका जो कसैलाई पनि विदेश जानबाट रोक लगाएका छन । गाउँमा कोही युवा विदेश जान अनुमति छैन बाजाडेले भने यसैमा अबद्ध गराउछौ । अब आधुनिक तरीकाबाट खेती प्रणाली अपनाएका छौ । गाउँमा तरकारी सगै पशु पालनलाई पनि प्राथमिकता दिएका छन । गाउँका सबैले भैसी र जसर्ी गाई पाल्न थालेका छन । लुम्बिनी सामाजिक तथा विकास केन्द्रको सहयोगमा गाउँमा २५ वटा जसर्ी गाई ल्याई पालेपछि थप आम्दानी सगै किसानलाई हैसला थपिएको छ । सात महिना देखी सबैका घरमा जसर्ी पाई पालेका छन ।
जसर्ी गाईले विहान बेलुका कम्तिमा पनि २० लिटर दुध दिने गर्छ । दुध बेचेरै गाउँलेलाई मासिक १० हजार भन्दा बढी आम्दानी भएको छ । बाजाडेले गरेको तरकारी खेती गाउँभरी फस्टाएपछि जिल्लाकै उत्कृष्ठ कृषकका रुपमा चिनिएका छन । तरकारी खेतीमा पटक पटक कृषि विकास कार्यालय लगायत विभिन्न संघ सस्थाबाट उत्कृष्ठ कृषकका रुपमा पुरस्कृत समेत भएका छन । कृषि कार्यालयले सामन्य तालिम दिएर तरकारी खेती फस्टाएका बाजाडे अहिले कृषि प्राविधिकमा भन्दा उनमा धेरै ज्ञान छ । कृषि कार्यालयबाट प्राविधिक र सरकारी कार्यालयबाट कर्मचारी आएर धेरै सल्लाह लिने गर्छन ।
तरकारी खेती गरेको आम्दानीले सन्धिखर्कमा एक घर घडेरी र काठमाडौमा घडेरी किनिसकेका छन । अहिले उनको एक करोड भन्दा बढी सम्पत्ती रहेको बताउछन । तरकारी खेती गर्न कसैले सिकाएको पनि होईन उनले भने गर्दा गर्दै धेरै सिकिदो रहेछ । अहिले पनि दिनभर खेत र बारीमै माटोसँग खेलिरहेका हुन्छन । दुख गरेपछि भिराला बारीमै लाखौ आम्दानी गर्न सकिन्छ जागिर खान र विदेशै जानुपर्छ भन्ने छैन उनले भने आफनै माटोमा पसिना चुहाउनुपर्छ । अहिले उनले भिराला बारीमा आलु टमाटर खुसर्िनी गोलभेडा घिरौला काक्रा साग फसर्ी लगायतका तरकारी बारीमा उत्पादन भैरहेका छन । उत्पादित तरकारी पोषिलो र ताजा हुने भएकाले माग पनि अत्यधिक छ । किमडाँडामा उत्पादन भएको तरकारीले िसंगो सदरमुकामलाई धानेको छ ।
तरकारी खेती पशुपालन देखी अन्य खेती गर्ने कृषकलाई कृषि कार्यालय र सरकारले वास्ता नगर्दा उनी निरास छन । कृषि क्रान्तिका कुरा नारामा मात्रै सीमित छन । व्यावहारमा न नेताले लागु गरे न कर्मचारीले उनी भन्छन केही मात्रमा सहयोग गरे थप फस्टिने थियो । तरकारी खेतीसँगै पशु पालनलाई पनि प्राथमिकता दिन थालेका छन । घरमा पालिएको एक जसर्ी गाईको दुध बेचेर राम्रो आम्दानी हुने भएपछि गाई थप्ने योजनामा छन । कम्तिमा पनी १५ २० वटा जसर्ी गाई पाल्ने सोच बनाएको छु उनले भने दुध उत्पादनमा ध्यान दिन्छु ।