डा. भक्तमान श्रेष्ठ सकुशल मुक्त आफूलाई नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको भनाइ

गणेश चुदाली अर्घाखाँची हाल काठमान्डौ 


भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठ आज बिहान अपहरण मुक्त  हुनुभएको छ । डा श्रेष्ठ ्र धािद¨को जोगी मारा गाविसको एक सहकारी भवन नजिक ल्याएर आज बिहान २ बजे अपह्रणकारीले मुक्त गराएका हुन ।अवहरण बाट मुक्त भए लगत्तै डाक्टर श्रेष्ठ धािद¨ काठमाण्डौ सडक खण्ड स्थित नेपाल सडकबोर्डको ढाट कार्यालय मा पुग्नु भएको थियो  । उहा अपहरण मुक्त भएको खबर थाहापाए पछि बिहान ४ बजे डा श्रेष्ठको पत्नि शिलु भाई जगतमानका साथै प्रहरीको टोली श्रेष्ठलाई लिन धािद¨ जानुभएको थियो । उहा  बिहान सातबजे चितवन आइसकेपछि प्रहरी सुरक्षाको घेरामा क्यान्सर अस्पतालमा छिर्नुभएको थियो । डा श्रेष्ठको हातमा केहीले बाधेकेा जस्तो डोब रहेकेा छ । डाक्टर श्रेष्ठले  पत्रकार सम्मेलनमा आफ्नो अपहरण नेपाल जनता हिन्दु पार्टीले गरेको बताउनु भयो  ।


आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले आफूलाई किन अपरण गरियो र कहँ राखिएको थियो जानकारी दिन चाहनु भएन । अपहरणका क्रममा आफूलाई कुनै दुब्र्यबहार नगरेको उहाले  बताउनुभयो । घरको भूइमा पत्रकार सम्मेलन गर्ने ठाउ छुट्याइएपनि श्रेष्ठ छतमा गएर  माथिबाटै पत्रकारलाई सम्वोधन गर्नु भएको थियो । प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाको विबरण सार्वजनिक गर्ने तयारी भैरहेका  बेला श्रेष्ठले त्यसभन्दा अघि नै पत्रकारलाई घटनाको बारेमा बताउनु भएको थियो  । पत्रकार घरको भूईतलामा कुरी रहेका बेला उहा पत्रकारलाई टाढैबाट सम्वोधन गर्न घरको छतमा पुग्नु भएको थियो । पछि पत्रकारहरु बिच आएर उहाले  आफु अपहरणमा पर्दा चासो र चिन्ता ब्यक्त गर्दै खोजिका लागि पहल गर्ने सबै सहकर्मिपत्रकार सुरक्षा कर्मि र आफुलाई अपहरण गरेपनि सकुशल मुक्त गर्ने नेपाल जनता हिन्दु पार्टीलाई पनि धन्यबाद दिनु भएको थियो । 

 

डा श्रेष्ठको प्रारम्भिक स्बास्थ्य परीक्षण गर्दा समान्य पाइएको भए पनि केही समय उहांलाई आरामको आबश्यकता रहेको डा जया श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मध्यमान्चल प्रहरी प्रमुख नबराज ढकाललले घटनाका बारेमा अनुसन्धान भैरहेको र सहि समय आए पछी मात्र त्यस बारे थप जानकारी दिने बताउनु भयो ।  भरतपुर स्थित बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको गत जेष्ठ ४ गते अपहरण भएकेा थियो । चितवन अस्पताल भरतपुरमा बिरामीको अपेखराको कुडहरमा र बि्रफकेश अपहरणको ५ दिनपछि चितवनको घोप्टे भिरमा फेला परेकेा थियो ।