जैविक विविधतालाई संरक्षण गर्न सबैलाई संयुक्त राष्ट्र संघका महासचिवको आव्हान्

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले आज अर्थात विश्व वातावरण दिवसमा सम्बोधन गर्दै अहिले गम्भीर खतराको परिस्थितिमा रहेको जैविक विविधतालाई संरक्षण गर्न सबैलाई आव्हान् गर्नुभयो।

                 उक्त दिवस मनाउनका लागि श्री बानले अगाडि भन्नुभयो, मानव जाति जीवित हुनका लागि जैविक विविधताको महत्वपूर्ण अर्थ रहेको छ, तर जैविक विविधता संरक्षण गर्ने परिस्थिति खतरामा रहेको छ, मानव जातिकै व्यावहारले यस्तो खतरा परिस्थिति सिर्जना गरेको छ साथै मौसम परिवर्तनमा पनि नकारात्मक भूमिका खेलेको छ।

             यसवर्षको वातावरण दिवसमा “जैविक विविधता, एउटै पृथ्वी, साझा भविष्य” नामक नारा निर्धारण गरिएको छ र जैविक विविधता संरक्षण अन्तर्राष्ट्रिय वर्षको विषयसँग अनुकूल रहेको छ।