भृकुटी विकास बैंकको शाखा चुत्रावेशीमा (तस्बिर सहित)

– वीरेन्द्र केसी


चुत्रावेशी, अर्घाखाँची – भृकुटी विकास बैंकले अर्घाखाँचीको चुत्रावेशीमा आफनो आठौ शाखा स्थापना गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको यस बैंकले आठौ शाखाका रुपमा चुत्रावेशीमा साखा खोली आईतवार देखी काम सुचारु गरेको छ ।


    बैक उदघाटनमा बैकको सेवा तथा सुबिधा बारे प्रस्टाउदै बैकका कार्यकारी निर्देशक लोकराज भुसाल  ।  तस्बिर- वीरेन्द्र केसी

जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको चुत्रावेशीमा पहिलो पटक बैकं खुलेको हो । बैकले कृषि व्यापार उद्योग यातायात लगायतमा प्रतिव्यक्ति १ लाख देखी ४ करोडसम्म लगानी गर्ने बैकका कार्यकारी निर्देशक लोकराज भुसालले बताए । बैकले ग्रामीण अर्थतन्त्रलाई बढी टेवा दिने उनले बताए ।


     बैक उदघाटनको खुसीयालीमा सहभागी भएका जिल्लास्थित बुद्धिजीवि, व्यापारीहरु । तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँची डटकम
सन्चालन अगाडी ७ करोडबाट सुरु गरेको बैकको अधिकतमा पुजी ४० करोड चुक्ता पुजी २३ करोड २० लाख निक्षेपतर्फ १ अर्ब ५० करोड र कर्जा लगानीतर्फ १ अब ९० करोड रहेको बैकले जनाएको छ । बैकले यसै आर्थिक वर्षमा राष्ट्रिय स्तरको बैक स्थापना गर्न प्रकि्रया अगाडी बढाईएको पनि भुसाले बताए ।


                                                        बैक खुलेकै दिन सर्वसाधारणको ठुलो भीड। तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँची डटकम
९ स्थानमा शाखा खुलेर बैकिङ्क सेवा साचालन गरेको यस बैंकले छिटै तम्घास रोल्पा दाङ स्याङजा र चितवनमा शाखा विस्तार गर्ने कार्यकारी निर्देशक भुसालले बताए । शाखाको राष्ट बैंक भैरहवाका शाखाका मुख्य व्यवस्थापक केशव आचार्यलये उदघाटन गरेका थिए। उदघाटनकै दिन बैंकमा ३ सयले खाता खेलेर ७७ लाख जम्मा भैसकेको छ।


                                                                    बैक उदघाटनमा सहभागीहरु । तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँची डटकम
उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेल, उद्यागे वाणिज्य संघका सचिव नेत्र भुसाल, माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खडका, काग्रेसका कमल प्रसाद भुसाल, एमालेका रामजी प्रसाद घिमिर, राजमोका सागर केसी, राप्रपाका देवी बहादुर खडका, पत्रकार महासंघका अध्यक्ष नीम बहादुर रीजाल लगायतले बैकको सफलताको शुभकामना दिएका थिए । 


बैक उदघाटनकै दिन ३ सय जनाले खाता खोलेर ७७ लाख नगद जम्मा भएपछि सेवा ग्रहीलाई छिटो छरितो सेवा दिनको लागि गंभिर मुद्रामा काम सचालनबारे सोच्दै, काम गर्दै बैंककी एक कर्मचारी । तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँची डटकम


  भृकुटी विकास बैकको शाखा खुलेपछि बैकंले दिने सेवाहरुबारे बताउँदै बैकका कर्मचारी । तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँची डटकम

 

        बैक खुलेकै दिन सर्वसाधारणको ठुलो भीडमा काम गर्दै बैंकका कर्मचारीहरु । तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँची डटकम


भृकुटी विकास बैकले अर्घाखाँचीको सन्धिखर्कमा आठौ शाखा खोलेकै दिन आईतवार बैकमा खाता खोल्दै ग्राहकहरु।-वीरेन्द्र केसी

 





मिति ६ जुन २०१० मा प्रकासित  माथिका १,२ तस्बिरमा नाम, वर्णनमा गल्ती भएकोमा सच्चाइएको जानकारी गराइन्छ । – सम्पादन समुह, लण्डन

अन्य समाचारहरु