रोजगारको लागि मलेसिया पुगेका अर्घाखाँची र गुल्मीका दश युवा नेपाल फिर्ता

– वीरेन्द्र केसी


Photo8सन्धिखर्क, अर्घाखाँची – रोजगारको लागि मलेसिया पुगेका अर्घाखाँची र गुल्मीका दश युवा नेपाल फिर्ता भएका छन । मलेसियामा राम्रो रोजगार दिने भन्दै दलालले उनीहरुलाई नक्कली भिसा दिएर पठाएपछि एक महिनापछि उनीहरु घर पर्केका हुन । दलालले नक्कली भसिा दिएर मलेसियाको कोलङताङ भन्ने जंगलमा लगि छाडेपछि आफहरु अलपत्र परेको उनीहरुले बताए । सोमबार सन्धिखर्क आईपुगेका उनीहरुले आफुहरु पाँ दिन सम्म जंगलमा पानी र खाना नखाईकन दिन बिताएको गुनासो गरेका छन । जंगलमा छाडेर दलाल भागेपछि उनीहरु एक महिनासम्म अलपत्र परेका थिए ।

 

 उनीहरु मलेसियामा रहेका नेपालीहरुको सहयोगमा स्वदेश पिर्ता भएका हुन । एक महिनापछि जिल्ला आईपुगेका अर्घा गाविसका बसन्त केसीले दलालले नक्कली भिरा दिएकाले एक महिनासम्म अलपत्र परेको बताए । राम्रो रोगजार दिलाउने आश्वासनमा गयौ उनले भने तर त्यसो रहेनछन । काठमाडौको महालक्ष्मी कन्टक्सन मेन पावरले उनीहरुलाई मलेसिया पठाएको थियो । उनले आफुलाई गोल्डन मिलमा आठ सय रियल तलव दिने आश्वासन पाएका थिए । उनीहरुलाई मलेसिया जान एक देखी दुई लाख २० हजारसम्म खर्च गरेका थिाए । सन्धिखर्कका दलाल माधव पौडेल सुमन पौडेल र रेडियो देउरालीमा कार्यरत उमेश शर्माले राम्रो जागिर र धेरै पैसा कमाउने लोभ देखाई मलेसिया पठाएका थिए । पीडितका अनुसार दलाल अहिले सम्पर्क विहिन भएको बताए । अलपत्र परेर फर्कनेमा अर्घाखाँचीका बसन्त केसी बसन्त खत्री उत्तम केसी विष्णु आचार्य नेत्र आचार्य श्रीराम मल्ल गिरिराज भुसाल विनोद पौडेल र गुल्मीका प्रेम पराजुली र हरिराम भण्डारी रहेका छन ।

 

सोमबार सन्धिर्खक आएका श्रीराम मल्लका अनुसार नस्ररीमा काम गर्ने भिसामा गएपनि मलेसिया पुगेपछि दलालले जंगलमा लगि छाडे । उनलाई आठ सय पचास रियल दिने आश्वासनमा १ लाख ५ हजार खर्च गरेका थिए । नरपानीका विष्णु पाण्डेले भने मलेसियामा स्काईभेटरमा डाईभरको भिसा थिाये तर त्यहाँ पुग्दा काम नै रहेनछ । आफुले २ लाख २० हजार नगद दलाललाई दिएको बताए । एक महिनासम्म् मलेसियामा बस्दा प्रतिव्यक्ति ४० हजार खर्च भएको पीडितको भनाई छ ।

अन्य समाचारहरु