जाजरकोटमा धामी झाँक्रीको भर पर्दा १८ वर्षिया एक सुत्केरी महिलाको मृत्यु

जाजरकोट, जेष्ठ २४ – जिल्लाको खगेनकोट गाविसमा धामी झाँक्रीको भर पर्दा सोमबार एक सुत्केरी महिलाको मृत्यु भएको छ । खगेनकोट वडा नं ७ की १८ वर्षिया जयन्ती विक लाई प्रसुति ब्यथा लागेपछि स्वास्थ्य संस्थामा पुर्‍याउनुको साटो धामी झाँक्रीबाट सन्चो हुने विश्वास गर्दा सोमबार मृत्यु भएको हो ।


विकको ईलाका स्वास्थ्य चौकी रारी, आठबीसकोट पुर्‍याएको १० मिनेटमै मृत्यु भएको अनमी धनमाया शाहले बताइन् । विरामी अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पतालमा ल्याइएकाले उपचार हुन नसकेको अनमी शाहले जानकारी दिइन् ।


गर्भमा रहेका आठ महिनाको बच्चा मरेर सुत्केरी हुन नसक्दा उनको ज्यान गएको शाहले बताइन् । मृतक विक ४ दिनदेखि प्रसुति ब्यथाबाट पीडित भएकी थिइन् ।