अरबेली समुद्रमा उत्पन्न गरम लहरको कारण पाकिस्तानमा कम्तिमा पन्ध्र जनाको मृत्यु

A man jumps into a canal running through Lahore  

पाकिस्तानको मौसम विभागका अधिकारीले आज जनाए अनुसार, अरबेली समुद्रमा उत्पन्न गरम लहर हिजो राती पाकिस्तानको दक्षिणी भागमा पर्ने बुलुचिस्तान तथा सिन्ध प्रदेश पुगेकोले केही समुद्रतटवर्ती शहर हुरीबतासबाट प्रभावित भएकोले पाकिस्तानमा कम्तिमा पन्ध्र जनाको मृत्यु भएको छ।

      सो लहरबाट एक लाख जना बासिन्दाहरु घरबाट अन्यत्र गएको साथै शहरमा विजुलीको आपूर्ति विच्छेद भएको पाकिस्तानी संचारमाध्यमले जनाएको छ।

      पाकिस्तानी राष्ट्रपति असिफ अलि जार्दाइ तथा प्रधान मन्त्री युसुफ राजा गिलानीले प्रकोपबाट ग्रस्त मानिसलाई राम्रोसँग बन्दोबस्त गर्ने आदेश दिनुभएको छ।