दोलखाको भीरकोट माझी बस्तीमा २० वटा शौचालय बन्दै

गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि


स्वीस सरकार विकास नियोगको आर्थिक सहयोगमा एकीकृत कार्यक्रम साचालन भइरहेको दोलखा जिल्लाको भीरकोट पुरानो गाउँ माझी बस्तीमा २० वटा शौचालय बनिरहेको छ । पुरानो गाउँ माझी बस्तीका २६ घरमध्ये २० परिवारका लागि शौचालय बनाउन चाहिने सामान सहयोगस्वरुप पाएपछि स्थानीयवासी शौचालय बनाउन जुटिरहेका छन् ।

 

शौचालय निर्माणका लागि आवश्यक सिमेन्ट रड पाइप र प्यान ग्रामीण स्वास्थ्य विकास परियोजना आरएचडिपि ले उपलब्ध गराएको हो । अहिलेसम्म ११ वटा शौचालयको भवन पूरा भइसकेकेा छ । त्यसैगरी शौचालयका लागि आवश्यक जस्ता पाता असल शासन समन्वय समितिको पहलमा जिल्ला विकास समितिले उपलब्ध गराउने भएको छ । यही असार १५ गतेसम्ममा पुरानो गाउँ माझी बस्तीलाई दिशामुक्त गाउँ घोषणा गर्ने कार्यक्रम रहेको छ ।