गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि
सप्तरीबाट जनकपुर जन्ती आएका एक युवाको अत्याधिक मदिरा सेवनले आज बिहान मृत्यु भएको छ । मृतक सप्तरी बनिनियाँ घर भएको २२ वर्षका राहुलिसंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सप्तरीको बनिनियाँबाट जनकपुर जन्ती आएका युवा िसंह अत्याधिक मदिरा सेवन गरेपछि जन्ती पर्खेको जनकपुरको रौनियार सदनमा बिहान ४ बजे सिकिस्त भएका थिए । उपचारका लागि अस्पताल जनकपुरमा लग्दा चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।