अर्घाखाँचीको सुवर्णखालमा जिप दुर्घटना,१० घाइते ३ को अवस्था गम्भिर

आज बिहान अर्घाखाँचीको सुवर्णखाल बाट बुटवल जादै गरेको लु १ ज १६३९ नम्बरको जिप सुवर्णखाल गाबिसको वार्ड नम्बर ४ लालकोटीमा सडकबाट २० मिटर तल खसी दुर्घटना ग्रस्त भएको छ ।

 

सो जिप दुर्घटना हुँदा जिपमा सवार १० जना घाइते भएका छन भने घाइते मध्ये ३ जनाको स्थिती अलिक नाजुक देखिएको छ । घाइते हुनेमा सुवर्णखाल ६ का सुमन भट्टराई , अर्चना भट्टराई , बिष्णु भट्टराई , बिष्णु पेग्मी , मानसिह रेग्मी , बिश्नी भट्टाराइ , श्रीजना भट्टराई , चेत बहादुर सिग्जापती, सुकमाया बिक , दुर्गा बहादुर पहाराइ रहेका छन ।

 

घाइते मध्ये सुमन भट्टाराइ, बिष्णु भट्टराइ र बिष्णु पेग्मी को स्थिती अन्य घाइतेको तुलनामा अलिक नाजुक रहेको बताइएको छ । यधपी अवस्था गम्भिर भने अत्यन्त गम्भिर होइन समाचार मा उल्लेख गरिएको छ । अहिले दुर्घटना स्थलमा स्थानिय बासीले उद्दार गरिरहेको जनाइएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।

 

ब्रिस्तित समाचार विवरणका लागि अर्घाखाँची डटकम युनिटका अर्घाखाँची सन्धिखर्क चुत्रावेशी मा रहनु भएका सहसम्पादक बिनोद गैरे यतिबेला दुर्घटना स्थल सुवर्णखालको वार्ड नम्बर ४ लालकोटीमा पुग्नु भएको र ब्रिस्तित समाचार प्राप्त हुनासाथ समाचार अप्डेट गरिदै जाने मध्यपुर्व स्थित हाम्रा अन्तरराष्ट्रिय प्रमुख प्रतिनिधी हाल:बुटवलमा रहनुभएका संचारकर्मी उमाकान्त पाण्डे गाउले ले उल्लेख गर्नुभएको छ ।

अन्य समाचारहरु