एशिया अन्तर्क्रिया तथा आत्म-विश्वास निर्माण कदम सम्मेलनका सदस्य मुलुकका राष्ट्रनायक तथा सरकारी प्रमुख बीचको तेस्रो बैठक आज टर्कीको इस्तान्बुलमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष हु चिन थाऊको विशेष प्रतिनिधि एवम् चीनको राज्य परिषदका सदस्य ताइ पिङ कोले उक्त सम्मेलनमा भाग लिनुभइ सम्बोधन पनि गर्नुभएको छ।
आफ्नो सम्बोधनमा उहाँले मौद्रिक संकटपछिको समयमा सदस्य मुलुकहरुले आपसी विश्वास तथा सहयोगलाई बढाइ एउटा सुरक्षित, स्थिर, समृद्ध तथा मेलमिलापयुक्त एशियाको संयुक्त निर्माणमा जोड दिनुभएको छ।