दक्षिण कोरिया सरकारद्वारा उत्तर कोरियालाई मानवीय सहायता दिन स्वीकार

दक्षिण कोरियाको एकिकरण मन्त्रालयका प्रवक्ता ली जोँग जूले आज पत्रकारसँग कुरकानी गर्दै दक्षिण कोरिया सरकारले उत्तर कोरियालाई दूध पाउडर र दूध प्रदान गर्ने आवेदनबारे स्वीकार गरेको कुरा व्यक्त गरेका छन। मे चौबीस तारिख उत्तर कोरियामाथि सम्बन्धित कदम चाल्न घोषणा गरेपछि दक्षिण कोरियाले उत्तर कोरियालाई सहायता दिएको यो पहिलो पटक हो।

      उहाँका अनुसार, दक्षिण कोरिया सरकारले सैद्धान्तिक रुपमा उत्तर कोरियालाई सहायता दिन स्थगित गरेता पनि बालबच्चा लगायत कमजोर समूहलाई मानवीय सहायता दिन स्वीकार गरेको छ। सम्बन्धित दूध र दूध पाउडर जुन महिनाको अन्तमा उत्तर कोरियालाई दिनेछ।

      भविष्यमा दक्षिण कोरिया सरकारले निरन्तर रुपमा उत्तर कोरियाको कमजोर समूहलाई मानवीय सहायता दिन स्वीकार गर्ने कुरा पनि जानकारी गराएका छन्।