जनकपुर – जनतान्त्रिक तराइ मुक्ती मोर्चा (राजन मुक्ती) समुहको २ जना बरिष्ठ नेतासहित पाँच पक्राउ बुधबार अबेर राती जनकपुर अञ्चल अस्पताल क्षेत्रबाट पक्राउ परेका छन् ।
धनुषा प्रहरी उपरिक्षक र्सर्बेन्द्र खनालको नेतृत्वमा रहेको प्रहरी टोलीले पसलमा खानतलासी लिंदा बिबेक मुक्ती उपनामको महोत्तरी गाविस बस्ने दिपक कुमार सिंह र महोत्तरीकै सन्जिब कुमार झासहित ५ जनालाइ पक्राउ गरेको छ ।
उनीहरुको साथबाट दुइ नाल आधुनिक पेस्तोल र यसमा प्रयोग हुने पाँच राउण्ड गोली बरामद भएको एसपी खनालले बताएका छन । दुबै जना माथि अनेकौ अपराध, एलडिओमाथी गोली प्रहार र अपहरण मा सम्लग्न रहेका खनालले दावी गरेका छन ।