गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि
२७ जेठ, काठमाडौं । झण्डै दुई सातादेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुका लेखाशाखामा लगाइएको ताला विहीबारदेखि खुलेका छन् । शुल्क वृद्धिको विरोधमा राजनीतिक दलसम्बद्ध १३ विद्यार्थी संगठनले देशभरिका आङ्गिक क्याम्पसमा तालाबन्दी गरेका थिए । ताला लागेदेखि नै विद्यार्थीहरुले फारमसमेत भर्न पाएका थिएनन् ।
मंगलबार सर्बोच्च अदालतले पुराना विद्यार्थीलाई पुरानै र नयाँ विद्यार्थीलाई नयाँ शुल्क लिनुपर्ने अन्तरिम आदेश जारी गरेपछि तालाबन्दी र फारम सँगै खुलेका हुन् ।