बिनोद गैरे
सन्धिखर्क – एकसय बर्षको ११औं राष्ट्रिय जनगणना २०६८ सम्मन्धि एक दिने सचेतना गोष्ठी सन्धिखर्कमा सम्पन्न २०६७ जेष्ठ २७ गते बिहिबार बिनोद गैरे सह-सम्पादक अर्घाखाँची टाइम्स,रेडियो अर्घाखाँची तथ्याङ्क कार्यालय कपिलबस्तुको आयोजनामा १०० बर्षको ११औं राष्ट्रिय जनगणना २०६८ सम्मन्धि एक दिने सचेतना गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा १०० बषको ११ औं राष्ट्रिय जनगणना २०६८ प्रकृया र बिषेसता बिषयक कार्यपत्र केन्द्रिय तथ्याङ्क बिभाग काठमाण्डौंका इन्द्र बहादुर कार्कीले प्रस्तुत गर्नु भएको थियो भने जनगणनामा सालिङ्गिकरण तथा सामाजिक समाबेसीकरण बिषयक कार्यपत्र तथ्याङ्क कार्यालय कपिलबस्तुका अनिरुद्र प्रसाद उपाध्यायले प्रस्तुत गर्नु भएको थियो । यसैगरी जनगणनामा स्थानिय निकायको भुमिका बिषयक कार्यपत्र जिल्ला बिकास समिति अर्घाखाँचीका योजना अधिकृत ध्रुर्ब गिरीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोहि नछुट्ने र कोहि नदोहोरीने अबधारणाका आधारमा जनगणना २०६८ संचालन गरीने र ४४ हजार कर्मचारी परिचालन गरीने जननाकारी दिइएको थियो । कार्यपत्रमाथी पाणीनि बहुमुखी क्याम्पस अर्घाखाँचीका क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीले टिप्पणी प्रस्तुत गर्नु भएको थियो भने एकिकृत नेपा मामयोबादीका बाबुराम बिनेपा एमालेका जनार्दन खनाल राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको सभापतित्व र तथ्याङ्क कार्यालय कपिलबस्तुका भबानी सर्माको साचालनमा सम्पन्न भएको थियो ।