दक्षिण अफ्रीकामा विश्वकपको माहोल तातिरहेकै बेला दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति एवम् रगंभेद विरोधी आन्दोलनका नेता नेल्सन मण्डेलाकी नातिनीको कार दुर्घटनामा मृत्यु भएको छ।
विश्वकपको पूर्व सन्ध्यामा जोहान्सवर्गमा आयोजित कार्यक्रममा भाग लिई घर फर्कने क्रममा तेह्र वर्षीया जेनानी मण्डेलाको कार दुर्घटनामा मृत्यु भएको नेल्सन मण्डेला फाउण्डेशनले जनाएको छ।
दुर्घटनामा कारमा सवार अन्य भने सकुशल रहेको बताइएको छ। नातिनीको मृत्युपछि मण्डेला आज हुने विश्कपको उद्घाटनमा सहभागि हुने नहुने भन्नेमा अन्योल बढेको छ। विश्वकपको आजै साँझ दक्षिण अफ्रिकाको जोहान्सवर्गमा उद्घाटन हुँदैछ। मण्डेलाका नौ जना नाति नातिनी रहेका छन्। फाउण्डेसनले सो घटनाप्रति गहिरो दुःख प्रकट गर्दै शोक जनाएको बताइएको छ।