बेलायतका प्रधानमन्त्रीद्वारा अफ्गानिस्तानलाई सहायता जारी रहने बचनबद्धता

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरोनले आज अफ्गानिस्तानमा बोल्दै बेलायतले सेना र प्रहरीलाई सबल पारी आफैँले छिटै रुपमा सुरक्षाको जिम्मा लिनका लागि निरन्तर रुपमा अफ्गानिस्तानलाई सहायता दिने कुरा व्यक्त गर्नुभयो।

      हिजो अकस्मात अफ्गानिस्तानको भ्रमण गरेपछि राजधानी काबुलमा अफ्गानिस्तानका राष्ट्रपति हमिद कार्जाइसँग भेट-वार्ता गर्दै उहाँले उक्त कुरा व्यक्त गर्नुभएको हो।