अर्घाखाँचीको ठाडा डोहोटेमा सिमेन्ट उधोग स्थापना हुने


बिनोद गैरे-अर्घाखाँची टाइम्स/रेडियो अर्घाखाँची



सन्धिखर्क – जेष्ठ २८ शुक्रबार, अर्घाखाँचीचीको ठाडा डोहोटेमा समेन्ट उधोग स्थापना हुने भएको छ । अर्घाखाँचीको नरपानीमा चुनढुङ्गा उत्खनन गरी कपिलबस्तुको चन्द्रैटा बिरपुरमा देउराली सिमेन्ट उत्पादन गर्दै आएको डाइनेस्टिक इन्ड्रष्टिज प्रा।लि ले स्थानिय बासीन्दाहरुको आग्रहमा डोहोटेमा सिमेन्ट उधोग संाचालन गर्न लागेको हो ।

 

२०६१ सालदेखि दैनिक १ सय ८० मेटि्रकटन चुनढुङ्गा उत्खनन गर्दै आएको कम्पनिले आगामी आर्थिक बर्ष देखि प्रत्येक बर्ष १ हजार ५ सय ५५ मेटि्रक टन उत्खनन गर्ने जनाएको छ । डोहोटेमा चुनढुङ्गा उधोग उत्पादन गर्नको लागी डोहोटेको ढुङ्गेमा १ सय १० रोपनी जग्गा खरीद गरेको डाइनेष्टिकका ब्यबस्थापक महेन्द्र रावलले जननाकारी दिनुभयो । रावलका अनुसार उधोग साचालन स्थलमा बिधुत लाइन पुर् याउने बिषयमा छलफल भइरहेकोले लाइन बिस्तार हुनासाथ उधोग स्थापना हुने कार्य अगाडी बढ्ने छ । हालको अबस्थामा प्रतिदिन २५ वटा टिप्परबाट चुनढुङ्गा ढुवानी गर्दै आएको कम्पनीले उत्खनन बिस्तार संगै प्रत्येक दिन १ सय ५० टिप्परबाट ढुवानी गर्ने जनाएको छ ।

 

डाइनेष्टिक कम्पनीले चुनढुङ्गा उत्खनन गर्दा आइपर्ने समस्या र त्यसको समाधानको उपायका बारेमा प्रभाबित स्थानिय बासीन्दाहरु संग अन्तरकि्रयात्मक छलफल कार्यक्रम सपन्न गरेको छ । कम्पनिले नरपानी अड्गुरी खाँचीकोट ठाडा र सितापुर गा।बि।स।sा स्थानिय बासीसन्दाहरु संग अलग अलग कार्यक्रमको आयोजना गरी छलफल गरीसकेको छ । छलफल कार्यक्रममा स्थानिय बासीन्दाहरुले चुनढुङ्गा उत्खनन तिब्र पार्दा पानीका मुहान सुक्ने बाताबरणिय पर्याबरणमा असर पर्न सक्ने खानी आसपासका क्षेत्रमा दुधटना हुन सक्ने गोरुसिङ्गे सन्धिखर्क सडकमा ठुलो संख्यामा लोड गाडीहरु संाचालन गर्दा सडक बिग्रनसक्ने भन्दै उधोगको ध्यान आर्कषण गरायका थिए । कार्यक्रममा मन्तब्यराख्दै बाताबरण बिध रत्न तिमिल्सिना र बाताबरण बिज्ञ सुमन अर्यालले बाताबरण प्रदुसन प्रति ध्यान पुर् याउन कम्पनिलाई आग्रह गर्नु भएको थियो । कम्पनिले हाल जिल्ला बिकाश समितिलाई प्रति टिप्पर भ्याट समेत गरी ८ सय रुपैया र स्थानिय गा।बि।स।लाई प्रति टिप्पर ६० रुपैयाका दरले रोयल्टी बुझाउदै आएको जनाईएको छ ।

 

अन्तरकि्रया कार्यक्रम पछि पत्रकारहरुसंग सक्षिप्त कुराकानी गर्दै कम्पनीका ब्यबस्थापक महेन्द्र रावलले बाताबरणिय प्रदुशण प्रति सचेत रही पर्याबरणको संरक्षणको लागी कम्पनीले बिषेश योजना संचालन गर्ने बताउनुभयो । उहाले स्थानिय सडक निमार्ण सडकको स्तर ब्रिदी,पानीका मुहानको संरक्षण बृक्षा रोपण दुधटना न्यूनिकरण योजना शैक्षिक चेतनाका कार्यक्रम संचालन गर्नुका साथै नयाँ उधोग स्थापनामा स्थानिय बासीन्दाहरुलाई नै कामदार को रुपमा नियुक्ति गरीने जानाकारी दिनुभयो ।

 

कम्पनिले हालसम्म प्रभाबित स्थानिय गा।बि।स लाई मात्र देउराली सिमेन्टमा २५ प्रतिशत छुट दिदै आएकोमा आउदोदिनमा जिल्ला भरलाईनै प्रबाबित मानी सिमेन्ट खरीदमा छुट प्रदान गर्नु पर्ने जिल्ला बासीको भनाई छ ।







यस समाचार का साथसाथै यस् अर्घाखाँची डट्कम् मा प्रकाशित सामाग्रीहरु प्रती कुनै पनि प्रतिकृया वा समब्न्धित निकाय प्रती तपाईं जो कोहीको कुनै निबेदन छ वा कुनै आवाज बुलन्द गर्नु छ भने कृपया हामी सग सहकार्य र संपर्कमा रही गर्नु होला । संचारजगत को तर्फबाट अर्घाखाँची डट्कम् ले समाजिक न्यायका लागि तपाईं सबै सग हातेमालो गर्न चाहन्छ – सन्धीखर्क,बुटबल,काठमाण्डौ ,मध्यपुर्व,र युरोप शाखा तथा अर्घाखाँची डट्कम् (टाइम्स) परिवार






अन्य समाचारहरु