भारतको दक्षिणी राज्य तामिल नाडुमा आज बाह्र तारिख विहान रेलवेइमा बम विस्फोटन भई दुर्घटना भएको जनाइएको छ। त्यसअघि एक रेलगाडीलाई प्रहरीले उक्त कुरा जानकारी दिनाले मानवीय क्षति हुन पाएन।
भारतीय प्रहरीका अनुसार, आज बाह्र तारिख विहान तामिल नाडु प्रदेशको सदरमुकामभन्दा 160 किलोमिटरमा रहेको एक रेलवेइमा उक्त बम विस्फोटन काण्ड भएको हो। तत्स्थानका रेलवेइका कर्मचारीले देखेर प्रहरीलाई खबर गरेका थिए। रोकफोर्त एक्स्प्रेसका ड्राइभरले उक्त समाचार पाएपछि दुर्घटना भएको स्थानभन्दा दुई इन्चमा रेलगाडीलाई स्थगित गरेको छ। त्यसैगरी कुनै पनि मानव क्षति भएको छैन।
दुर्घटना भएपछि स्थानीय रेलवेइ विभागका अधिकारीहरुले तुरुन्तै तत्स्थानमा पुगेका छन। हाल विस्फोटन भएको रेलवेइको मर्मत कार्य भैरहेको छ। हाल प्रहरीले त्यसबारे जाँचबुझ गर्न शुरु गरेको छ।