अर्घाखाँचीको खाँचीकोट गाविसमा रहेको चन्द्रप्रभा माविलाई आगामी शैषिक शत्रदेखी उच्च मावि बनाईने (तस्बिर सहित)

-नारायण केसी


खाँचीकोट, अर्घाखाँची – जिल्लाको खाँचीकोट गाविसमा रहेको चन्द्रप्रभा माविलाई आगामी शैषिक शत्रदेखी उच्च मावि बनाईने भएको छ । उच्च मावि साचालन गर्न स्थानीय बासिन्दाको सकि्रयातामा उच्च मावि बनाउन जुटेका छन ।

 

 उच्चमाविको सभासद सन्त बहादुर नेपालीले एक समारोहबीच आईतवार सिशलन्यास गर्नुभएको छ । शिलन्यास गर्दै सभासद सन्त बहादुर नेपालीले गाउँमै उच्च मावि सचालन गर्नको लागि गाउँलेले गरेको पहलको प्रशंसा गरेका थिए । उनले उच्च माविको साचालन गर्न एक लाख रकम दिने घोषणा गरेका छन ।

 

उच्चमाविको लागि भवन निर्माण गर्न खाँचीकोटका स्वर्गीय टोमलाल भटराई, माता विष्णु भटराईको स्मृतीको नाममा खाँचीकोटका स्थानीय समाजसेवी शिवहरी भटराई र उनकी श्रीमती निर्मलाले करिब डेढ रोपनी जग्गा विद्यालयलाई निशुल्क रुपमा प्रदान गरेका थिए । खाँचीकोटमा उच्चमावि खुल्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ ।

 

उच्चमावि भएपछि खाँचीकोट गाविसका डिहि किटनीखानी गाउँलामिडाँडा नरपानी जगत भुवनडाँडा फुदवाङ्ग भालुखोला गच्छे बजार लगायतका गाउँका विद्यार्थीहरु लाभान्वित हुनेछन । आईतवार भएको शिलन्याश कार्यक्रममा राजमोबाट थम्मन केसी, माओवादीबाट बाबुराम आर्चाय, काग्रेसबाट पि्रतम थापा, एमालेबाट लक्ष्मण कंडेल, टेड युनियन काग्रेसबाट गणेश बहादुर िसंह, निर्वतमान गाविस अध्यक्ष सिद्ध प्रसाद ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।

 

कार्यक्रम विद्यालयका शिक्षक तीर्थराज आचार्यको सचालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर भटराईको अध्यक्षता र दीन बहादुर थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । शिलन्यास कार्यक्रममा बीच बीचमा स्थानीय कलाकारले गीत ताथ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय र विद्यार्थी गरी करिब पाँच सय जति सहभागी थिए । भवन निर्माण गर्नको लागि आवश्यक रकम स्थानीय स्तरबाट पनि उठाउन पहल गरिने विद्यालयले जनाएको छ ।

अन्य समाचारहरु