तनहुँ-, जेष्ठ ३० – व्यास १ भादगाउँ स्थित जलदेवि उच्च माविको कक्षा १० मा अध्ययनरत एक बालकको आइतवार सेती नदीमा डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाको वेनिकोट निवासी १८ वर्षीय बलवहादुर थापा रहेको प्रहरीले जनाएको छ । साथीहरुसंग माछा मार्न गएका उनी शनिवारदेखि वेपत्ता भएका थिए ।
उनको शव केशवटार ९ स्थित सुडेको पुलमा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्र्टमाटमका लागि दमौली अस्पतालमा राखिएको छ ।