किर्गिजस्तानको दक्षिणी भागमा पर्ने चालालाबाद र सुजाकमा कर्फ्यूको कार्यान्वयन गर्ने घोषणा


किर्गिजस्तानको अन्तरिम सरकारका प्रधानमन्त्री रोजा वटुन्बाएभले हिजो बेलुका एउटा आदेश जारी गरि आफ्नो देशको दक्षिणी भागमा पर्ने चालालाबाद र सुजाकमा कर्फ्यूको कार्यान्वयन गर्ने घोषणा गर्नुभएको छ।


                   हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति वटुन्बाएभले आफ्नो देशको दक्षिणी भागको परिस्थितिको समाधान गर्न किर्गिजस्तानले रुससँग सहायता प्रदान गर्न अनुरोध गरेको जानकारी दिनुभएको छ। उता रुसले आफ्ना सम्बन्धित विभागहरुले किर्गिजस्तानद्बारा प्रस्तुत सहायताबारे छलफल गरिरहेको भन्दै हाल किर्गिजस्तानमा शान्ति संरक्षण शक्ति पठाउने योजना नगरेको कुरा दाबी गरेको छ। दक्षिण अफ्रिकाको भ्रमणमा रहनुभएका सँयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले अस्ति आफ्नो प्रवक्तामार्फत एउटा वक्तव्य प्रकाशित गरी किर्गिजस्तानमा नयाँ चरणको हिंसात्मक भिडन्तबाट पुनः हताहत भएको दुर्घटनामा चिन्ता व्यक्त गर्नुभएको छ। यसका साथै उहाँले भिडन्तसँग सम्बन्धित विभिन्न पक्षले सकेसम्म धीरतालाई कायमै राख्न आव्हान गर्नुभयो।