गत शुक्रबार नेपाल बायुसेवा निगम दुबई शाखाको आयोजनामा डेरादुबईमा एक भेलाको आयोजना सम्पन्न भएको छ । उक्त भेला निगमका प्रबन्धक मदन खरेलको प्रमुख आतिथ्यता यूएईकालागि नव नियुक्त स्टेशन म्यानेजर राजुलाल श्रेष्ठ साथै अन्य कार्मचारीहरु र यूएईमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु महिला बुद्धिजिबी पत्रकारलगायत करिव ३० जनाको उपस्थितीमा समपन्न कार्यक्रममा नेपाल बायुसेवा निगम र एयर लाईन्सको बारेमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमको बारेमा जानकारी गराएपछि उपस्थित सबैबाट आ-आफ्नो परिचय सहित मन्तव्य व्यक्त गरेएको थियो।यसरी मन्तव्य सहित धारणा राख्नेहरुमा धुर्ब कुवर,शंकर ज्ञवाली,शोभा भण्डारी,कृष्ण केसी,पसबहादर गरुङ्ग,मानबहादुर थापा,पुष्प रिजाल,शारदाप्रसाद भट्टराई,कृष्ण ढकाल, शिबराज जैसि,शिब चापागाई,यमबहादर पुन,धनबिर नेपाली,शेखर पौडेल, लगायत अधिकांशथिए ।
प्रबन्धकले निगम तथा वायुसेवाको बारेमा जानकारी दिर्दै १९८४ बाट संचालन भएको नेपाल एयरलाईन्स यूएईमा २००२ देखि संचालन भएको जानकारी दिएकाथिए । १९० जनायात्रु बोक्नसक्ने क्षेमताभएका बोइङ्ग नेपालमा दुईबटामात्र रहेको र ति बोइङ्ग २०२२ बर्ष देखि चलिरहेकोले बोइङ्गथपगर्नकालागि पटक पटक निर्णय भएको र कार्यान्यनहुन नसकेको बताए ।
नेपालमा पटक पटकहुने सकार परिर्वतनका साथै सरकारी निर्णय र राजनितिक गतिबिधिका कारण निगमको अवस्था नाजुकहुदै गएको र यूएई लगायतका मुलकमा उडान बन्दगर्नुपर्ने अबस्था सृजना हुनलागेको जानकारी दिदै कम्जोर अवस्थारहेतापनि बायुसेवालाई अगाडी बढाउन धेरै कर्मचारीहरु ल्ाागिपरेको भन्दै अब सबै नेपालीले यसमा चासो राख्नुपर्ने बिषेशगरी प्रवासी नेपालीहरुको चासो र सहयोगको खाचोरहेको जनाए ।
नेपाल एयरलाईन्सको उडानमा पटक पटक रद्दहुने समयमा उडान नहुने र डिले भएको जानकारी यात्रुले समयमा नपाउने साथै टिकट सहजरुपमा पाउन नसकेको गुनासो वक्ताहरुले पोखेकाथिए । र निगमले यस्ताकुराहरुमा बिशेष ध्यानदिदै अनुगमन गर्नुपर्ने बताए ।
बायुसेवा निगमका कर्मचारीमा एकरुपता र पारदसर्िता नभएको औल्याउदै समय समयमा बिवाद आउनेगरेकोले सरकारले कर्मचारी नियुक्तगर्दा ध्यान पुर्याउनुपर्ने वक्ताहरुले जनाए ।
दुबई स्टेशनको बारेमा सुझाव व्यक्तगर्दै बिगतमा कामगरेर गएका कर्मचारी मध्ये कतिले धेरैराम्रो कामगरेको भन्दै खुलेर प्रशंसागरे भने कतिले निष्कृय अवस्थामा पुर्याएको आरोप समेत लगाएकाथिए ।
कार्यक्रममा कर्मचारीहरुले नेपाल एयरका बोइङ्ग यति पुराना हुदासम्मपनि चलिरहेको भन्दै यसको मर्मतकालागि चाहिने सामान पाटपुर्जा समेत समयमा सरकारले उपलब्दगराउन नसकेको गुनोसो ब्यक्तगरेका थिए । उक्त भेलाले छलफल पश्चात नेपाल एयरलाईन्ससंग सहयोग आदान प्रदानगर्ने उद्धेश्यले एक समिति निर्माण गरेकोछ जसमा ९ सदस्य रहेकाछन भने आबस्यक्ता र चाहना अनुसार अरुथपगर्न सकिने जनाईएकोथियो ।
उक्त समितिले स्टेशन म्यानेजरसंग र म्यानेजरले समितिका सदस्यहरुसंग कोडिनेशनगरी समय समयमा छलफल अन्तरकि्रया र प्रचार प्रसारगर्दै यूएईमा रहेका नेपालीहरुलाई नेपालको राष्ट्रीय ध्वजाबाहक जहाजको प्रयोगगरी यात्रागर्न आग्रहगर्ने र सुझाब सल्लाह अनि सहयोग आदान प्रदानगर्ने प्रतिवद्धता व्यक्तगरेकाथिए ।
निगमले नेपालीहरुको सहयोगकोलागि समय समयमा नया योजना ल्याउने र यूएईमाआई समस्यामापरी अलपत्र परेका पिडीत नेपालीको उद्धारकोलागि समितिले ल्याएको मनासिप प्रस्तावलाई यथासक्य सहयोगगर्ने प्रतिबद्धता प्रबन्धक खरेल र स्टेशन म्यानेजर श्रेष्ठले ब्यक्तगरेकाथिए ।
त्यसैगरी यूएईमा रहेका नेपालीहरुलाई मध्यनजरगर्दै निगमले शुल्कमा परिवर्तनगरी स्पेशल अफर दिएकोछ जसअनुसार एकतर्पि ३२५ र २२० ट्याक्सगरी जम्मा ५४५ दिरहम कायमगरेको छ । र दुईतर्फिकोलागि ६३५ र ४१० ट्याक्ससहित जम्मा १०४५ दिर्हाम कायम गरेको छ । यो अफर यही १५ जुन २०१० देखि ३१ अगस्त २०१० सम्म लागुगरिने जनाईएको छ । लगेजको हकमा एच कलासको लागि ४० किलो साथै ७ किलो हेण्डव्याग र जे कलासको लागि ५० किलो लगेज लैजानसक्ने जानकारी सोही कार्यक्रममा एक सुचना मार्फत गराएको कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर संचारकर्मी शंकर ज्ञवाली ले हाम्रा हाल नेपालमा रहेका हाम्रा अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त गाउले लाई प्राप्त समाचार विवरणमा जनाइएको छ |