इजरायलले अन्तर्राष्ट्रिय सहायक जहाजमा प्रहार सम्बन्धी घटनाबारे एउटा जाँचबुझ समिति स्थापना गर्ने

इजरायलको प्रधानमन्त्री कार्यालयले स्थानिय समय अनुसार तेह्र तारिख राति एउटा वक्तव्य प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सहायक जहाजमा प्रहार सम्बन्धी घटनाबारे इजरायलले एउटा जाँचबुझ समिति स्थापना गर्ने र सो समितिमा दुई जना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि समावेश गर्ने जनाइएको छ ।

              सो वक्तव्यनुसार उक्त समिति इजरायलको सर्वोच्च न्यायालयका पूर्व न्यायाधिश याकोभ तिरकेलको नेतृत्वमा इजरायलका अन्तर्राष्ट्रिय कानून सम्बन्धी विद्बान र एक निर्देशक रहेको उल्लेख गरेको छ।