गणतन्त्र कोरियाका राष्ट्रपति ली म्युङ्ग-बाकले आज शिउलमा टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूले आफ्नो शासनको महत्वपूर्ण बिषयबारे पुनः विचार गर्नुका साथै हाल राष्ट्रपति भवन र मन्त्री परिषदको पुनर्गठन गर्ने कुरा दाबी गर्नुभएको छ। गत दुई तारिखका दिन आयोजना गरिएको स्थानीय निर्वाचनमा गणतन्त्र कोरियाको सत्तारुढ पार्टी द ग्रान्ड नेशनल पार्टी विफल भएपछि श्री ली म्युङ्ग-बाकले आफ्नो शासनको दिशाबारे सम्बोधन गर्नुभएको यो पहिलो अवसर हो।
सो अवसरमा उहाँले स्थानीय निर्वाचनबाट देखिएको जनताको मतबारे आफूले ध्यानपूर्वक विचार गरी सुधार गर्ने र सो बिषयबारे सर्वसाधारणको आवाज सुन्ने कुरा औंल्याउनुभएको छ। तर प्रजातान्त्रिक जन गणतन्त्र कोरियाप्रति आफूले अपनाएको नीतिमा परिवर्तन नहुने कुरामा पनि उहाँले जोड दिनुभएको छ। यसका साथै उहाँले राष्ट्रपति भवन तथा मन्त्री परिषदको पुनर्गठनमार्फत यी विभागको कार्य अझ कुशल पार्ने पनि बताउनु भएको छ।