नरपानीमा स्थानीय बासिन्दाद्धारा चुनढुङ्गा उत्खननमा रोक

– वीरेन्द्र केसी


नरपानी, अर्घाखाँची – डाईनेष्टिक कम्पनीले नरपानी गाविसको नर्तनााचल पहाडबाट उत्खनन गर्दै आएको चुनढुङ्गालाई स्थानीय बासिन्दाले रोक लगाएका छन । चार वर्ष देखी कम्पनीले नरपानीमा सचालन गरेको चुनढुङ्गा उत्खनन कार्यलाई अनिश्चितकालका लागि बन्द गराएपछि मंगलबार देखी काम साचालन हुन सकेको छैन ।


कम्पनीले उत्खनन गर्दा उद्योग मन्त्रालयसँग गरेको सम्झौता चार वर्षसम्म कार्यन्यन नगरेकाले उत्खनन गर्न नदिएको बताएका छन । कम्पनीले सम्झौता उल्लघन गरी चुनढुङ्गा उत्खनन गरेकाले रोक लगाएको सर्घष समितिका संयोजक जाकिर हुसेनले बताए । कम्पनीले सम्झौता कार्यन्यन लागु नगर्दासम्म काम गर्न दिदैनौ उनले भने ०६३ सालमा गरेका सम्झौता अनुसार काम गर्नुपर्छ ।


सम्झौतामा जिल्लामै उद्योग स्थापना गर्ने जिल्लावासीलाई रोजगारीको व्यवस्था गनुको साटो नरपानीबाट चुनढुङ्गगा उत्खनन गरी कपिलवस्तुको वीरपुरमा संकलन गरी भारत लैजाने गरेको छ । जिल्लामै उद्योग स्थापना गरेर रोजगार नदिएसम्म अनिश्चितकालका लागि उत्खनन कार्य बन्द गर्ने उनले बताए । संघर्ष समितिले सन्धिखर्कमा मंगलवार पत्रकार सम्मेलन मार्फत बन्द गराएको जानकारी दिएको हो ।


उत्खनन क्षेत्रका वासिन्दाले संघर्ष समिति गठन गरेर चौथो पटकको आन्दोलनको शुरुवात गरेका छन । सम्झौता अनुसार काम नगरेको अन्दै पटक पटक विवादित बन्दै आएको उक्त कम्पनीको उत्खनन कार्य पहिल्लो पटक पनि स्थानीयबासिन्दा सघर्षमा उत्रेका हुन । पटक पटक सम्झौता लागु गर्ने सर्त गरेपनि वेवस्ता गरेकाले जनताबाट व्यापक दवाव आएपछि बन्दा गराउन बाध्य भएको सघर्ष समितिका सचिव हरि भटराईले बताए । सम्झौता कार्यन्यन नगर्दासम्म काम ठप्प पार्ने उनले बताए ।


०६२ सालमा स्थानीय दलका नेता सासंद मन्त्री बीच सम्झौता भएपनि कम्पनीले कार्यान्यन नगरेको गाउँलेको भनाई छ । खानी उत्खनन प्रभावित क्षेत्रका वासिन्दाले सोमवार उत्खनन स्थलमै गएर काम नगर्न चेतावनी दिएका छन । उनीहरुले काम गरे कारवाही गर्ने चेतावनी समेत दिएका छन ।


नरपानीबाट उत्खनन गरेको चुनढुङ्गा जिल्लाको डोहोटेमा उद्योग स्थापना गरेर साचालन गर्ने र यहाँका वासिन्दलाई रोजगार दिनुको साटो कम्पनीले दैनिक १ सय ८० मेटिक्टन ढुगा कपिलवस्तुको विरपुरमा संकलन गरी भारत निकासी गरेपछि जिल्लामा उद्योग स्थापना नगरेको भन्दै गाउँलेले रोक लगाएका हुन । 


माओवादी जिल्ला ईन्जार्च चन्द्र बहादुर खडकाले कम्पनीले जिल्लामै उद्योग स्थापना गर्ने शर्त लागु गनुपर्ने र गाउँलेले उठाएको जायज मागलाई  सम्बोधन गर्दै असार ७ गते सन्धिखर्कमा बस्ने सर्वपक्षीय बैठकले जिल्लामै उद्योग साचालनको लागि वातावरण सृजना गर्न कम्पनीसँग छलफल गरेर निकास निकाल्ने बताए । नरपानीमा उत्खनन गरिएको चुनढुङ्गाको नेपाल र भारतमै सबैभन्दा उत्कृष्ठ भएको कम्पनीले जनाएको छ । यहाँ ४० वर्षको लागि ढुगा उत्खननको लागि सम्झौता भएको छ । उत्खनन आसपासका वासिन्दामा धुलो कोलाहल खानेपनीका मुहान सुक्दै गएको बताएका छन । जिल्लाकै ठुलो सम्पत्ती कैडीको मुल्यमा बाहिर गएकाले जिल्लामै उद्योग स्थापना गर्नको लागि स्थानीयले माग गरेका छन ।

अन्य समाचारहरु