– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – विद्यालय जाने उमेरका दतिल बालवालिका नियमित स्कुल जान थालेका छन । पछिल्लो पटक छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना बढेपछि अभिभावकले पनि अन्य काम छुटाएर नियमित पढाईमा पठाउने गरेका छन ।
एक वर्ष अघिसम्म उनीहरुले छोराछोरीलाई विद्यालयमा भर्ना गराउनुको साटो घरायसी र लेवर काम गर्न आफुसगै लैजान्थे । तर यस वर्ष देखी दलितका सबै बालवालिका विद्यालय जान थालेका हुन । अभिभावकले साना बालावालिकालई फकाएर विद्यालयसम्म पुर् याउने गरेर पढाउन कस्सिएका छन । शैक्षिक चेतनाको कमीले छोराछोरीलाई पढन पठाएका थिएनन । बुवा आमाले पनि छोराछोरीको भविश्य उज्जवल बनाउन शिक्षा दिनुपर्छ भन्ने सोच बनाउन थालेका छन ।
जिल्लाको अधिकाश गाउँका दलित विद्यार्थी नियमित विद्यालय गईरहेका छन । किमडाँडा गाविसको भद्री खोला नजिकै बसोबास गर्ने वादी समुदायका १५ भन्दा बढी बालवालिका चुत्रावेशीको गगँं निमाविमा यसै वर्ष भर्ना भएका छन । भर्ना भएदेखी उनीहरु नियमित स्कुल जान्छन । यसै वर्ष सबै बालवालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले शिक्षा कार्यालयको घरदैलो अभियान अन्तरगत सबैका घर घरमा पुगेर सम्झाउन र बुझाउन थालेपछि बालवालिकालाई स्कुल पठाउन थालेको छन गंगा निमाविका प्रअ कृष्ण पोखरेलले भने एक महिनासम्म सबैका घरमा गएर छोराछोरीलाई विद्यालयमा भर्ना गराई पठाउन अनुरोध र चेतना फैलाएपछि विद्यालयमा भर्ना गराएको उनले बताए ।
कक्षा १ मा ५० जना जति नयाँ विद्यार्थी भर्ना भएका छन जसमध्ये २५ जना भन्दा बढी दलित बालवालिका भर्ना भएका छन पोखरेलले भने । वर्षौ देखी स्कुल नगएका पनि यस वर्ष भर्ना भएका छन । एक वर्ष पहिले धुलो मौलोमा खेलेर घरमा भाईवहिना हेरेर र गाईबाख्रा चराउन हिड्ने दलित बालवालिकाको हातमा अहिले कापी किताब छ । गरिब विपन्न भएकलॆ पनि छोराछोरीलाई पढाउन समस्या छ स्थानीय मनकाल नेपालीले भनिन तै पनि छोराछोरीलाई जसरी भएपनि पढन पठाउनुपर्दो रहेछ । शिक्षकहरु घरमा आएर धेरै ज्ञानका कुरा सिकाएपछि आफुले पनि दुई छोरालाई घरको काम छोडाएर पढन पठाउन थालेको उनको भनाई छ ।
शिक्षा बालवालिकाको अधिकार भएकाले पनि छोराछोरीलाई पढन पठाउन थालेको खिदिमका सम्भु विकले बताए । जिल्ला शिक्षा कार्यालयको घरदैलो अभियान अन्तरगत भर्ना कार्यक्रमले गाउँमा ठुलो परिवर्तन देखिएको गाउँलेको भनाई छ ।
जिल्लाको हंसपुर खन अर्घा बल्कोट सन्धिखर्क सिमलपानी डाठा सिद्धारा जुकेना सुवर्णखाल लगायतका गाविसमा दलित गरिब र विपन्न परिवारलाई चेतना भएपछि छोराछोराई पढाउन पठाएका छन । जिल्लामा यसै वर्ष एक हजार भन्दा बढीको सख्यामा स्कुल बाहिर रहेका दलित बालवालिका विद्यालयमा भर्ना भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
छोराछोरीलाई पढन पठाउनैपर्छ भन्ने थिएन तर घरमा अँएरै गुरुले शिक्षा र भविश्यको बारेमा सम्झाएपछि विद्यालय नपठाएर गल्ती गरेका रहेछौ भन्यौ सन्धिखर्ककी लिला बहादुर विकले भने तीन जना छोराछोरीको पढाई खर्च बाख्रा र कुखुरा पालेर भएपनि जुटाउने बताए । दलितको शैक्षिक चेतना जगाउने सरकारी निकाय र गैर सरकारी संघ सस्था नभएकाले पनि आफुहरु सधै पछाडी परेको सिद्धाराका भीम बहादुर दर्जीको भनाई छ । उनले भने दलितलाई धेरै सहयोग गरेको छ भन्ने सुनिन्छ ख्रै कहाँ छ थाहा छैन । दलितको नाम बेचेर धेरै गैससले मोटो रकम ठुलाबडा र पहँुच पुगेनले मोजमस्ती गरेका छन तर विकट गाउँका पिछडिएका र विपन्न परिवारलाई कसैले सहयोग नगरेको उनको गुनासो छ ।