दक्षिण कोरिया र उत्तर कोरियाको छुट्याइएका नातेदार बीच भेट हुने

दक्षिण कोरिया र उत्तर कोरियाको रेड क्रसले आज विहान काइसोङ शहरको व्यवसायिक क्षेत्रमा छुट्याइएको नातेदार बीच भेट गर्न सहभागी जनताको नामसूची प्रकाशन गरेको छ। दुवै मुलुकबाट मात्र एक-एक सय जनाले भेट गर्न पाउने छन्।

        दक्षिण कोरियाको एकिकरण विभागले यस भेटमा सहभागी हुनुहुने जनताको सरदर उमेर सत्तरी वर्ष भन्दा बढी रहेको जनाएको छ। यस पटकको भेट्ने कार्यक्रम ग्युमगाङ्ग पहाडमा आयोजना हुने छ।

        गत वर्षको अक्टोबर महिनाको अन्तमा दुवै मुलुकका छुट्याइएको नातेदारहरु बीच भेट भएपछि हाल फेरि यस पटक भेट हुन लागेको हो।