चन्द्रमामा अनुमान गरिएभन्दा निकै बढी पानी भएको नासाका वैज्ञानिकहरुको दावी

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा अनुमान गरिएभन्दा निकै बढी पानी भएको बताएको छ। नासाका वैज्ञानिकहरुले चन्द्रमाको उत्तरी ध्रुवको जमेको चट्टानको हिस्सालाई विश्लेषण गरेपछि सो क्षेत्रको माटोमा ठूलो मात्रामा पानी भेटिएको बताएका हुन्। त्यहाँ रहेको पानी पृथ्वीबाट जाने अन्तरिक्ष यात्रीका लागि पर्याप्त हुने बताइएको छ।
 
 यसअघि नासाले चन्द्रमाको एउटा चट्टानको टुक्रामा रकेट प्रहार गरी टुक्राएको र केही समयमा नै त्यसै स्थानबाट एउटा भुउपग्रह पठाइ उडेको धुलो र बाफ संकलन गरेको थियो। सो उपग्रहले ठूलो परिमाणमा पानीका साथै कार्बनडाइअक्साइड, अमोनिया र चाँदीको अंश फेला पारेको थियो। बैज्ञानिकहरुले त्यहाँको माटोमा जमेको अवस्थामा पाँच प्रतिशत पानी रहेको बताएका छन्। पानी भेटिएको इलाकामा अहिले पनि सुर्यको प्रकाश नपुग्ने गरेको भएता पनि केही मात्रामा सुर्यको प्रकास पुग्ने क्रेटरमा पानी रहेको बैज्ञानिकहरुको दावी रहेको छ।