मोहन बिक्रम सिंहलाई सम्मान गर्छु : डिलाराम आचार्य

अखाँटा – यूएई डेस्क – अर्घाखाँची को अर्घा स्थित मसुरा पाटामा भईरहेको  एमाओवादीको बिशाल जनशभा तथा पुर्णिमा मेलामा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव डिलाराम आचार्यले आफ्नो सम्बोधनको क्रममा आफु जहाँ जस्तो सुकै अवस्थामा भए पनि मसालका पाका नेता तथा महामन्त्री मोहन बिक्रम सिहंलाई सम्मान गर्ने बताए ।


आफुलाई राजमोले कार्वाही गरी पार्टी बाट निस्कासन गरेपनी आफु दुखी नभएको बताउदै समय र बद्लिदो परिस्थितीमा कम्युनिस्ट हरुले आफुहरुलाई परिवर्तन गर्न नसक्दा ३८ प्रतिशतको अल्पमतले ६२ प्रतिशतको बहुमत रहेको कम्युनिस्ट पार्टी हरुलाई नचाहिरहेको उल्लेख गरे ।


राजनीति गर्ने क्रममा हिजोको जनमोर्चाको ब्यत्ती आज कसरी एमाओवादीको स्टेजमा कसरी उम्भिएकोहोला भने भर्म राखेको भए त्यस्तो भर्म छोडेर आन्दोलनको क्रममा हुने परिवर्तन स्वरुप भबिश्यमा माओवादी सँगै सहकार्य गर्ने समेत स्थिती रहन सक्छ भन्दै आफुले राखेको प्रस्तावलाई राजमो ले अस्विकार गर्‍यो र स्वतह पार्टिले फरक मत राखेकै कारण निस्कासन गर्छ भने आफ्नो भन्नु केही नभएको उल्लेख गर्दै आगामी आन्दोलन सडकमा नारा लगाउने मात्र नभएर संबिधान बनाउन नेता हरु लाई बिबिध खालका दवाद दिन अर्घाखाँची वासी तथा अन्य सम्पूर्ण नेपाली लाई आग्रह गरेका थिए ।



कम्युनिस्टको एकता आजको आबश्यक्ता हो भन्दै शान्ती र अग्रगमनको लागि यो रास्ट्र्को अपरिहार्य हो भने उनले दाबी गरेका थिए ।


साथै भोली अर्घाको सोही स्थानमा रास्ट्रिय जनमोर्चाको समेत बिशाल जनसभाको रहेको र त्यसको प्रत्यक्ष प्रशारण अर्घाखाँची डट्कम् मार्फत अर्घाखाँची मा रहेको रेडियो अर्घाखाँची र रेडियो देउराली सुन्नु होला । जस्को लिन्क वेब पेजको मुख्य पृष्‍ठमा राखिएको छ । भोली नेपालको समय अनुसार सन्ध्याकालिन समय बाट प्रत्यक्ष प्रशारण गर्दै छौ हेर्न र सुन्न नभुल्नु होला । – अर्घाखाँची डट्कम् ।

अन्य समाचारहरु