अर्घाखाँचीको अर्घा: मोहन बिक्रम सिंहलाई सम्मान गर्छु : डिलाराम आचार्य (प्रत्यक्ष प्रसारणको अडियो रेकर्ड सहित)


अखाँटा – यूएई डेस्क – अर्घाखाँचीको अर्घा स्थित मसुरा पाटामा भईरहेको  एमाओवादीको बिशाल जनशभा तथा पुर्णिमा मेलामा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव डिलाराम आचार्यले आफ्नो सम्बोधनको क्रममा आफु जहाँ जस्तो सुकै अवस्थामा भए पनि मसालका पाका नेता तथा महामन्त्री मोहन बिक्रम सिहंलाई सम्मान गर्ने बताए ।


आफुलाई राजमोले कार्वाही गरी पार्टी बाट निस्कासन गरेपनी आफु दुखी नभएको बताउदै समय र बद्लिदो परिस्थितीमा कम्युनिस्ट हरुले आफुहरुलाई परिवर्तन गर्न नसक्दा ३८ प्रतिशतको अल्पमतले ६२ प्रतिशतको बहुमत रहेको कम्युनिस्ट पार्टी हरुलाई नचाहिरहेको उल्लेख गरे ।


राजनीति गर्ने क्रममा हिजोको जनमोर्चाको ब्यत्ती आज कसरी एमाओवादीको स्टेजमा कसरी उम्भिएकोहोला भने भर्म राखेको भए त्यस्तो भर्म छोडेर आन्दोलनको क्रममा हुने परिवर्तन स्वरुप भबिश्यमा माओवादी सँगै सहकार्य गर्ने समेत स्थिती रहन सक्छ भन्दै आफुले राखेको प्रस्तावलाई राजमो ले अस्विकार गर्‍यो र स्वतह पार्टिले फरक मत राखेकै कारण निस्कासन गर्छ भने आफ्नो भन्नु केही नभएको उल्लेख गर्दै आगामी आन्दोलन सडकमा नारा लगाउने मात्र नभएर संबिधान बनाउन नेता हरु लाई बिबिध खालका दवाद दिन अर्घाखाँची वासी तथा अन्य  सम्पूर्ण नेपाली लाई आग्रह गरेका थिए ।


कम्युनिस्टको एकता आजको आबश्यक्ता हो भन्दै शान्ती र अग्रगमन आजको अपरिहार्य हो आचार्यको दाबी थियो ।

 

 

 

अर्घा मसुर पाटामा एमाओवादीको आयोजनामा आयोजित बिशाल जनसभा – सास्कृतिक कार्यक्रमको प्रमुख अडियो फाइल ।

 





 

 


 

 







साथै अहिले प्रत्यक्ष प्रसारण भईरहेको अर्घाखाँची रेडियो सुन्ने इन्टरनेट स्रोता 23 हजार पुगेको अर्घाखाँची टाईम्सको प्राबिधिक कक्षले जनाएको छ । साथै भोली अर्घाको सोही स्थानमा रास्ट्रिय जनमोर्चाको समेत बिशाल जनसभाको रहेको र त्यसको प्रत्यक्ष प्रशारण अर्घाखाँची डट्कम् मार्फत अर्घाखाँची मा रहेको रेडियो अर्घाखाँची र रेडियो देउराली सुन्नु होला । जस्को लिन्क वेब पेजको मुख्य पृष्‍ठमा राखिएको छ । भोली नेपालको समय अनुसार सन्ध्याकालिन समय बाट प्रत्यक्ष प्रशारण गर्दै छौ हेर्न र सुन्न नभुल्नु होला । – अर्घाखाँची डट्कम् ।

 

 

मध्यपुर्वको दुबइ र युरोपको लन्डनमा रहेको अर्घाखाँची टाईम्स कार्यालयमा ईमेल र प्रत्यक्ष गरी स्रोताको फोन आउने क्रम बढेको छ । साउदी बाट केरुङगाका  सन्जय पाण्डे, यूएईको दुबइ बाट बिष्णु बहादुर छेत्री(बिबिसी) तथा अन्य हजारौ स्रोताले धमाधम ईमेल पत्र,फोन संपर्क गरी रहनु भएको छ भने भोली हुने राजमोको बिशाल शभाको सफलताका लागि नेपालको संघियता बिरुद्द राष्ट्रिय अभियान यूएईका अधक्ष्य कृष्ण ढकाल तथा नेपाली एकता समाज यूएईका अधक्ष्य मान बहादुर थापा ले एक पत्र मार्फत शुभकामना दिनु भएको छ ।

अन्य समाचारहरु