मसुरपाटा, अर्घाखाँची: माओवादीको नेतृत्वमा सरकार- रायमाझी

– वीरेन्द्र केसी

 

मसुरपाटा, अर्घाखाँची- माओवादी सचिवालय सदस्य टोप बहादुर रायमाझीले माओवादीको नेतृत्वमा राष्टिय सहमतीको सरकार गठन हुनुपर्ने बताएका छन । उनले सबैभन्दा ठुलो दल भएकाले माओवादी नेतृत्वमा सरकारको विकल्प नभएको बताए । 

 

शुक्रवार राती अर्घाखाँचीको अर्घाको मसुरपाटामा आयोजित विशाल जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले माओवादी नेतृत्वको सरकार गठन हुन नदिन चारैतिरबाट घेराबन्दीमा पारेको बताए । उनले माओवादीलाई पाखा लगाएर सरकार गठन र संविधान लेखनको काम हुन नसक्ने बताए ।

 

काग्रेस र एमालेले पुरानै पंचायती खालको सरकारलाई निरन्तरता दिदा सहमती जुटन नसकेको आरोप लगाए । अर्घाखाँची क्षेत्र नं। १ का सभासद समेत रहेका रायमाझीले सरकार गठनका लागि काग्रेस र एमाले बाधक रहेको बताउँदै हलो अडकाउने काम गरेकाले देसले निकास पाउन नसकेको आरोप लगाए । माओवादी नेतृत्वमा सरकार बन्न नदिन पडयन्त्र र नैटिकी भैरहेको छ उनले भने धैयर्ताको बाध टुटनै लाग्यो । उनले काग्रेस उम्मेदवार रमचन्द्र पौडेलले राजीनामा दिई सहमतीमा आउन आग्रह गरे । 

 

सबै दल मिलेर सहमती सहकार्यको विकल्प नभएकाले आपसमा भाजो हालेर देशलाई अनिणयको बन्दी नबनाउन एमाले काग्रेसलाई आग्रह गरे ।माओवादी नेतृत्वमा सहमतीको सरकार गठन भए समयावधिमै संविधान लेखन शान्ती प्रकि्रया लगायत सम्पुर्ण समस्या हल हुने बताए । उनले माओवादीलाई घेराबन्दीमा परेर बन्दी बनाउन खोज्ने नत्वलाई ठेगान लगाईने चेतावनी समेत नेता रायमाझीले दिए । काग्रेस र एमालेले सहमतीको कुरा गर्दा घरसम्पत्ती पिर्ता र वाईसियल भगंका कुरा ल्याएर सहमती गर्न नखोजी झन द्धन्द्ध निम्त्याउन खोजेको आरोप लगाए । 

 

सभामा राष्टिय जनमोर्चा नेपालका महासचिव डिलारामा आचार्यले सबै कम्युनिष्टहरु एकजुट भई देश र राष्टियतालाई जोगाउनुपर्ने आवश्यक्ता औलःयाए । 

 

माओवादी केन्द्रीय सदस्य तथा सभासद सन्तोष बूढा मगरले एमाले काग्रेसले पंचायकालिन संविधान ब्युताउन खोजेको आरोप लगाउदै शान्तीपुर्ण तरिकाले समस्याको हल नभए पुन क्रान्ति गर्ने बताए । उनले माओवादीको डरले भारत आत्तिएको बताउँदै प्रधानमन्त्रीको चुनावमा विदेशी चलखेलले प्रधानमन्त्री चयन हुन नसकेको बताए । 

 

विदेशीले देशलाई बन्दकी बनाउन खोजिरहेका छन उनले भने विदेशीकै ईसारामा राष्टपतिले सैन्य शासन लागु गराई नेपाललाई असफल राष्ट बनाउन खोजेको आरोप लगाए ।  जनसभामा केन्द्रीय सल्लाहकार राजु नेपाली मगरात राज्य समिति सदस्य गोविन्द केसी लगायतले संबोधन गरेका थिए । 

 

कोजाग्रत पुर्णिमाको अवसर पारेर माओवादी अर्घाखाँचीले आयोजना गरेको रातीको जनसभामा जिल्ला ईन्चार्ज चन्द्र बहादुर खडका अध्यक्षता र सेक्रेटरी ठाकुर कुमार विकाको साचालनमा सम्पन्न भएको थियो । 

 

यस कार्यक्रमको प्रत्यक्ष प्रसारणको अडीयो रेकर्ड तल सुन्न सकिने छ। 

 





 

 

अन्य समाचारहरु