– वीरेन्द्र केसी
रानीगैरा, अर्घाखाँची – राष्टिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले ठुला दलहरुको आपसी खिचातानीले सरकार गठन हुन नसकेको बताउँदै बाँकी रहेको सात महिना भित्रमा संविधान निर्माण हुन नसके पंाचायत फर्कन सक्ने आशका व्यक्त गरेका छन ।
मोर्चाले शनिबार अर्घाको रानीगैरामा गरेको विशाल जनसभा तथा सास्कृतिक कार्यक्रलाई संबोधन गर्दै नेता केसीले ठुला दलहरुकै कारण देसले निकास पाउन नसकेको आरोप लगाए । उनले विदेशिकोृ ईसारामा र दवावमा सरकार र ठुला दल चलेकाले प्रधानमन्त्री चयन हुन नसकेको बताए ।
उनले माओवादीले बहुमतको सरकारलाई राजीनामा गराएर र एमालेले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । निरकुश ज्ञानेन्द्र शाहलाई हटाउँदा जसरी सहकार्य गरेर सबै मिलेका थियौ अब सरकार र संविधान बनाउनदा पनि त्यस्तै मिलेर जानुपर्ने केसीले सुझाव दिए । उनले यस्तै खिचातनी गरेर निकास नदिने हो भने पाचायत पर्कन सक्ने संभावना बढी रहेको बताए ।
उनले ठुला दललाई सरकार गठन र संविधान बनाउने चिन्ता छैन केसीले भने विशेशीको ईसारामा चलेर नेपाललाई बदनाम र वैदेसिक हस्तक्षेप बढाउन उद्दत रहेको आरोप लगाए । उनले संघियताले देस टुकि्रएर देश र राष्ट विहीन हुने भएकाले संघीयताको खारेजीको माग गरे । संघीयतामा विभाजन नगरी गाविस नगरपालिका जिल्ला एवं स्थानीय निकायलाई बलियो बनाउनुपर्ने दावी गरे ।
सभासद समेत रहेका केसीले माओवादीले जातिय राज्य ल्याउने खोजेर देशलाई विखन्डन तर्फ लागेको आरोप लगाए । उनले सबै दलहरुबीच सहकार्य र एकताको विकल्प नभएको दावी गरे ।
जनसभामा केन्द्रीय सदस्य सागर केसी शेर बहादुर विसी लगायतले संबोधन गरेका थिए ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा भव्य सभा एवम रक्तिम सास्कृतिक कार्यक्रमको प्रत्क्षय प्रसारण अडियो फाइल